शुक्रबार, फागुन २९, २०८२

भारतले गर्‍यो फेरि अर्को क्षेप्यास्त्र परीक्षण

अघिल्लो शनिबार बह्मोस क्षेप्यास्त्र परीक्षण गरेको भारतले आज सौर्य नामक क्षेप्यास्त्रको परीक्षण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

बालेश्वर (उडिसा)- भारतले शनिबार फेरि अर्को क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ। अघिल्लो शनिबार बह्मोस क्षेप्यास्त्र परीक्षण गरेको भारतले आज सौर्य नामक क्षेप्यास्त्रको परीक्षण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

National life

सौर्य क्षेप्यास्त्रको मारक क्षमता करिब एक हजार किलोमिटरसम्म रहेको समाचारमा जनाइएको छ। 

यस्तै यसले एक हजार किलोग्राम भार बोक्ने क्षमता राख्छ। यसलाई भारतको के १५ क्षेप्यास्त्रको भूमि संस्करण भनिएको छ। 

भारतीय रक्षा अधिकारीहरुका अनुसार जमिनबाट जमिनमा प्रहार गर्ने शौर्य क्षेप्यास्त्रको परीक्षण शनिबार मध्याह्न सबा १२ बजे एपीजे

अब्दुल कलाम द्वीपस्थित एकीकृत परीक्षण रेन्जको प्रक्षेपण परिसरबाट गरिएको थियो। 

Laxmi sunrise bank
kumari

यो क्षेप्यास्त्रको लम्बाइ १० मिटर छ । यसको व्यास ७४ सेन्टिमिटर छ भने तौल ६.२ टन रहेको बताइएको छ। 

अधिकारीहरुका अनुसार यो अत्याधुनिक क्षेप्यास्त्र सफलताका साथ बंगालको खाडीमा आफ्नो लक्ष्यमा पुगेको थियो। यसलाई भारतीय सुरक्षा अधिकारीहरुले विश्वका १० क्षेप्यास्त्रमध्येको भनेका छन्। 

यो क्षेप्यास्त्र ट्रकमा ओसारपसार गर्न सकिने र ट्रकलाई नै प्रक्षेपणस्थल बनाउन सकिने बताइएको छ। -इकोनोमिक्स टाइम 

प्रकाशित: Oct 03, 2020| 17:40 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।