सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकामा मुसे ज्वरोबाट ७० भन्दा बढीको मृत्यु, ६ हजारभन्दा बढी संक्रमित

श्रीलंकामा मुसे ज्वरोबाट ७० भन्दा बढीको मृत्यु, ६ हजारभन्दा बढी संक्रमित

श्रीलंकामा सन् २०२० मा मुसे ज्वरोबाट सङ्क्रमित ७० जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

श्रीलंकामा सन् २०२० मा मुसे ज्वरोबाट सङ्क्रमित ७० जनाको मृत्यु भएको छ। करिब छ हजारभन्दा बढी विरामी परेको स्वास्थ्य मन्त्रालय सरुवा रोग नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ। 

National life

देशको मध्य–दक्षिण क्षेत्र रत्नपुरामा सबैभन्दा बढी बिरामीहरू भेटिएको पनि सरकारी तथ्याङ्कमा उल्लेख छ। एकाइका अनुसार बिरामीहरुको सङ्ख्यामा जनवरी, फेब्रुअरी र मेमा वृद्धि भएको देखिएको छ। 

यो वर्ष मुसे ज्वरोको सङ्क्रमण रत्नपुरामा एक हजार ३०० भन्दा बढी बिरामीहरूमा देखिएको छ भने कोलम्बोको बाहिरी भागमा पर्ने कलुतारामा २०० भन्दा बढी बिरामीहरू भेटिएका छन्। त्यस्तै दक्षिणी शहर ग्यालमा पनि २०० भन्दा बढी व्यक्ति उक्त समस्याबाट पीडित भएका छन्। 

सन् २०१९ मा पनि छ हजार २१ व्यक्ति मुसे ज्वरोको समस्याबाट पीडित बनेका थिए। खास गरी किसान, सरसफाईकर्मी र प्रदुशित पानीमा खेल्ने व्यक्ति उक्त ज्वरोका कारण बढी प्रभावित बनेका थिए। 

चिकित्सकहरूका अनुसार मुसे ज्वरो आएका विरामीहरूमा शरीरमा उच्च तापक्रम हुने, चिसो महशुस हुने, मांसपेशी दुख्ने र कमजोर हुने, टाउको दुख्ने पिसाब कम लाग्ने लक्षणहरू पाइने गर्छन् । यो समस्याबारे तत्काल चिकित्सकको परामर्श लिई उपचार सेवा नलिँदा ज्यानै जाने खतरा पनि हुने गर्छ । 
 

प्रकाशित: Oct 02, 2020| 15:16 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।