शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राहुल र प्रियंका गान्धीसहित दुई सय जनाविरुद्ध मुद्दा दर्ता

राहुल र प्रियंका गान्धीसहित दुई सय जनाविरुद्ध मुद्दा दर्ता

गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरु दुई सय जनाले दण्ड संहिताको धारा १८८, २६९ र २७० को उल्लंघन गरेको दावी गरेको छ।    
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झण्डै दुई सय जनाविरुद्ध मुद्दा लगाइएको छ।

National life

भारतीय दण्ड संहिता उल्लंघन गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 

गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरु दुई सय जनाले दण्ड संहिताको धारा १८८, २६९ र २७० को उल्लंघन गरेको दावी गरेको छ।    

यसअघि संहिता उल्लंघन गरेकै आरोपमा उनीहरुलाई उत्तर प्रदेश प्रहरीले यमुना द्रुतमार्गबाट बिहीबार गिरफ्तार गरेको थियो। 

सामूहिक बलात्कारपछि हत्या गरिएकी बालिकाका परिवारजनलाई भेट्न उनको घर हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको हो। 

Laxmi sunrise bank
kumari

बलात्कार पीडितको मंगलबार उपचारकै क्रममा दिल्लीको सफदरजङ अस्पतालमा निधन भएको थियो। 

गत सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकी ती बालिकाको घर रहेको हथ्रासतर्फ गइरहेका बेला राहुल र प्रियंकाको सवारी साधनलाई प्रहरीले रोकेपछि उनीहरु हिँडेरै त्यसतर्फ लागेपछि प्रहरीले गिरफ्तार गरेको हो। 

प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि राहुलले आक्रोशित हुँदै प्रश्न गरेका थिए, “के यो मुलुकमा मोदीजी मात्रै हिँड्न पाउने व्यवस्था छ ?” 

नेता गान्धीले आफूलाई प्रहरीले जबरजस्ती समातेर लाठीचार्ज गरेको, भुइँमा लडाएको र धकेलेको आरोप पनि लगाएका छन्।

उनले आफ्ना सवारी साधनहरु रोकिएकाले आफूहरु हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गरेका थिए।

“म एक्लै हथ्रासतर्फ हिँडेर जान चाहन्छु, कृपया मलाई हिँड्न दिनुस्, मलाई नरोक्नुस्, मलाई तपाईहरुले किन गिरफ्तार गर्दै हुनुहुन्छ ?,” उनले प्रहरीसँग भनेका थिए।
 

प्रकाशित: Oct 02, 2020| 07:25 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।