मंगलबार, साउन १२, २०८३

भारतीय कांग्रेस नेता राहुल गान्धी पक्राउ

भारतीय कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन्। 
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– भारतीय कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन्। सामूहिक बलात्कारपछि हत्या गरिएकी युवतीको परिवारलाई भेट्न उत्तर प्रदेशको हाथरसमा पुगेका गान्धीलाई प्रहरीले बिहीबार अपराह्न पक्राउ गरेको हो। 

प्रहरीले राहुलकी बहिनी प्रियंका गान्धीलाई पनि नियन्त्रणमा लिएको छ। यी दाजुबहिनी पीडित परिवारलाई भेट्न हाथरस पुगेका थिए। उनीहरूको गाडी नोयडास्थित एक्सप्रेस वे नजिकैबाट प्रहरीले रोकेको थियो।

त्यसपछि दुवै जना पैदल जाँदै थिए। पक्राउका क्रममा प्रहरीले सामान्य बलसमेत प्रयोग गरेको आरोप कांग्रेस कार्यकर्ताले लगाएका छन्। बीबीसी
 

प्रकाशित: Oct 01, 2020| 11:45 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।