शुक्रबार, फागुन २९, २०८२

भारतद्वारा ब्रह्मोस सुपरसोनिक क्षेप्यास्त्र परीक्षण

भारतले उडिसास्थित एक प्रक्षेपणस्थलबाट बुधबार ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइल (क्षेप्यास्त्र) को सफल परीक्षण गरेको छ।
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

उडिसा- भारतले उडिसास्थित एक प्रक्षेपणस्थलबाट बुधबार ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइल (क्षेप्यास्त्र) को सफल परीक्षण गरेको छ। यो क्षेप्यास्त्रको मारक क्षमता ४०० किलोमिटरभन्दा बढी भएको बताइएको छ।

National life

रक्षा अनुसन्धान एवम् विकास संगठन (डीआरडीओ) स्रोतलाई उधृत गर्दै भारतीय समाचारमाध्यमले चाँदीपुरमा रहेको एकीकृत परीक्षण केन्द्रबाट क्षेप्यास्त्र परीक्षण गरिएको जनाएका छन्।

डीआरडीओका एक अधिकारीका अनुसार परीक्षणका क्रममा आवश्यक सबै मापदण्ड अपनाइएको थियो। परीक्षण बिहान १० बजेर ४५ मिनेटमा गरिएको ती अधिकारीको भनाइ छ। 

उनका अनुसार क्षेप्यास्त्रले समुद्र्र, जमिन र लडाकु विमानबाट प्रहार गर्न सकिन्छ।

यो मिसाइलको पहिलो संस्करणको सफल परीक्षण ११ मार्च २०१७ मा गरिएको थियो । त्यसको मारक क्षमता ४५० किलोमिटर टाढासम्म थियो।

Laxmi sunrise bank
kumari

३० सेप्टम्बर २०१९ मा पनि चाँदीपुरस्थित आईटीआरमा कम दुरी क्षमताको ब्रह्मोस क्षेप्यास्त्र परीक्षण गरिएको थियो। यसले भने जमिनबाट मात्र प्रहार गर्न सक्छ।

ब्राह्मोस क्षेप्यास्त्र मध्यम दुरीको रेमजेट सुपरसोनिक क्रुज हो। यसबाट पनडुब्बी, युद्धपोत, लडाकु विमान र जमिनबाट प्रहार गर्न सकिने समाचारमा जनाइएको छ। दि प्रिन्टबाट
 

प्रकाशित: Sep 30, 2020| 16:00 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।