शुक्रबार, फागुन २९, २०८२

भारतमा एमनेस्टीका गतिविधि बन्द

सरकारले बैंक खाता फ्रिज गरिदिएपछि एमनेस्टी इन्टरनेसनल इन्डियाले भारतमा आफ्ना सबै गतिवधि बन्द गरेकोे छ। 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

नयाँदिल्ली– सरकारले बैंक खाता फ्रिज गरिदिएपछि एमनेस्टी इन्टरनेसनल इन्डियाले भारतमा आफ्ना सबै गतिवधि बन्द गरेकोे छ। 

National life

एमनेस्टी इन्डियाले भारत सरकारले संस्थाको सबै बैंक खाता फ्रिज गरिदिएका कारण बन्द गर्नुपरेको जनाएको छ। 

यस्तै एमनेस्टीले सञ्चालन गरिरहेका विभिन्न आयोजना र शोधकार्यमा पनि रोक लगाइदिएको छ। 
एमनेस्टीले  भारतमा कार्यरत अधिकांश कर्मचारी कटौती गरेको छ।

एमनेस्टी इन्डियाका कार्यकारी निर्देशक अविनाश कुमारले भने, ‘सरकारले पछिल्ला दुई वर्षदेखि संस्थाविरुद्ध कारबाही गरिरहेको छ। अहिले अहिले आएर बैंक खाता बन्द गर्नु आकस्मिक घटना होइन।’ 

उनका अनुसार विभिन्न सरकारी निकायले केही समयदेखि एमनेस्टीका गतिविधि अवरुद्ध गर्दै आएका थिए। उनले भने, ‘हामीले दिल्ली हिंसा र जुम्मु कश्मीरमा भइरहेका अन्यायविरुद्ध आवाज उठाएका थियौं। त्यसैले सरकारले हामीमाथि कारबाही गरेको हो।’
एमनेस्टी इन्डियाले भारतीय र अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै आफ्ना गतिविधि गर्दै आएको जनाएको छ। 
भारतमा मानवअधिकारको संरक्षणका लागि स्वदेशमै आर्थिक स्रोत जुटाउन भिन्नै मोडेलअनुसार काम गर्दै आएको जनाइएको छ।  पछिल्ला आठ वर्षमा ४० लाख भारतीयले एमनेस्टी इन्डियाका गतिविधिमा समर्थन गरेको अविनाश कुमारले बताएका छन्। 

Laxmi sunrise bank
kumari

उनले भने, ‘मानवअधिकारवादी संस्थामाथि हमला गरेर भारत सरकारले आफ्नो दमनकारी नीति प्रदर्शन गरेको छ। उनले कोरोना महामारीका बेला सरकारले भारतीय संविधान र अन्तर्राष्ट्रिय कानुनको पनि उल्लंघन गरेको आरोप लगाएका छन्। 

प्रकाशित: Sep 29, 2020| 11:20 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।