शुक्रबार, भदौ ५, २०८३

कांग्रेस महाधिवेशन पुसमा गर्न महामन्त्रीको प्रस्ताव

पदाधिकारी र पूर्व पदाधिकारीहरुको बिहीबार साँझ बसेको बैठकमा महामन्त्री खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताएका हुन् ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं- नेपाली कांग्रेसको भदौ १८ मा हुने भनिएको महाधिवेशन सारेर मंसिरमा पुर्‍याइएको छ। पार्टीको तल्ला तहको अधिवेशन पनि सुचारु ढंगले सम्पन्‍न हुन सकेका छैनन्। 

केही जिल्लाका क्रियाशील विवाद समाधान हुन बाँकी छ भने पार्टी आन्तरिक किचलोमा फसेको छ। यस्तैमा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ मा तोकिएको महाधिवेशन गर्न नभ्याइने बताएका हुन्। 

पदाधिकारी र पूर्व पदाधिकारीहरुको बिहीबार साँझ बसेको बैठकमा महामन्त्री खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताएका हुन् ।

बैठक सुरु गरेर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा हिँडिसकेपछि उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा भएको छलफलमा खड्काले पुसमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् ।

बैठकले २० वटा हिमाली जिल्लामा दसैं अगाडि नै जिल्ला अधिवेशन गर्ने सहमति जुटेको छ । अन्यत्र दशैंतिहारको बीचमा हुने भएको छ।

देउवा निकट महामन्त्री खड्काले प्रदेश अधिवेशन छठ पछाडि गर्ने प्रस्ताव राखेका छन्। यो भनेको मंसिरको पहिलो सातातिर हुनेछ। जबकी पूर्व निर्धारित कार्यतालिकाअनुसार मंसिर ९ मा केन्द्रीय महाधिवेशन उद्घाटन हुनुपर्ने हुन्छ।

महामन्त्री खड्काले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सारेर पुस ९ देखि १३ गतेसम्म गर्ने प्रस्ताव गरेका छन् ।

जबकी कांग्रेसले २०७७ भदौ २३ अगाडि नै केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने हो। 

प्रकाशित: Sep 23, 2021| 22:04 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...