शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना भाइरसबाट विश्वभर नौ लाख ९८ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वभर नौ लाख ९८ हजारभन्दा बढीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख ९८ हजार भन्दा बढी पुगेको छ। 
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

पेरिस– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख ९८ हजार भन्दा बढी पुगेको छ। 

National life

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३० लाख ६२ हजार पुगेका छ। 
कुल संक्रमितमध्ये दुई करोड ४४ लाख १२ हजार निको भएका छन् भने करिब ७६ लाख ५० हजार मानिस सक्रिय संक्रमित छन्। 
विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल छ। 

अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या ७२ लाख ८७ हजार नाघिसकेको छ। कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ९ हजारभन्दा बढीको मृत्यु भएको छ।  

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ५९ लाख ९२ संक्रमित भएका छन् भने यहाँ ९४ हजारभन्दा बढीको ज्यान गइसकेको छ। 
त्यस्तै ब्राजिलमा करिब ४७ लाख व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४१ हजारभन्दा बढीको मृत्यु भएको छ। 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार भन्दा बढीको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।

Laxmi sunrise bank
kumari

युरोपेली मुलुक बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धको घोषणा गर्न थालिएको छ। रासस

प्रकाशित: Sep 27, 2020| 07:17 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।