बुधबार, साउन १३, २०८३

भारतीय पूर्व मन्त्री सिंहको निधन

६ वर्षदेखि कोमामा रहेका भारतीय पूर्व मन्त्री जसवन्त सिंहको निधन भएको छ। 
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– ६ वर्षदेखि कोमामा रहेका भारतीय पूर्व मन्त्री जसवन्त सिंहको निधन भएको छ। 

सन् २०१४ मा घरको बाथरुममा लडेपछि सिंहको टाउकोमा गम्भीर चोट लागेदेखि उनी कोमामा थिए।

सिंह भारतीय जनता पार्टी (भाजपा) का संस्थापक सदस्य मध्ये एक हुन्।  

सिंहको ८२ वर्षको उमेरमा आइतबार विहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

राजस्थानको बाडमेरमा जन्मिएका जसवन्त अटल विहारी बाजेपेयीको सरकारमा विदेश, रक्षा र वित्त मन्त्री थिए। 

प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनप्रति ट्वीटमार्फत दुःख व्यक्त गरेका छन् । 

सिंहले पूरै इमान्दारिताका साथ देशको सेवा गरेको पनि मोदीले ट्वीटमा उल्लेख गरेका छन।  
 

प्रकाशित: Sep 27, 2020| 04:41 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।