सोमबार, वैशाख २८, २०८३

युक्रेनमा सैन्य विमान दुर्घटना, २२ जनाको मृत्यु

युक्रेनमा सैन्य विमान दुर्घटनामा परेको छ।  उक्त दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ।
 |  शनिबार, असोज १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०७७

National life

काठमाडौं– युक्रेनमा सैन्य विमान दुर्घटनामा परेको छ।  उक्त दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउने अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन।  

एन्तोनोव–२६ विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो। खार्किभ एयर फोर्स विश्वविद्यालयबाट प्रशिक्षार्थी वायु सेनाका जवानलाई लिएर विमानले प्रशिक्षण उडान भरेको थियो।

आपतकालीन मन्त्रालयका अधिकारीले विमानमा २७ जना रहेको बताएका छन्। दुर्घटनामा दुईजना गम्भीर घाइते छन् । बेपत्ता तीनजनाको खोजी भइरहेको स्थानीय अधिकारीले बताएको संचारमाध्यमहरुले उल्लेख गरेका छन।  दुर्घटनाको कारण भने खुलेको छैन। 
 

प्रकाशित: Sep 26, 2020| 02:54 शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।