शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • दसैँअघि नै हिमाली क्षेत्रका जिल्ला अधिवेशन गर्ने कांग्रेसको निर्णय

दसैँअघि नै हिमाली क्षेत्रका जिल्ला अधिवेशन गर्ने कांग्रेसको निर्णय

‘हिमाली जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ,’ यादवले भने, ‘हिमाली जिल्लामा अधिवेशन गर्न मौसमको प्रतिकूलता हुन सक्छ। त्यही भएर दसैँअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको हो। अब निर्वाचन समिति त्यही अनुसार अघि बढ्छ।'
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं- नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलले हिमाली जिल्लामा दसैँअघि नै अधिवेशन गर्ने निर्णय भएको निर्वाचन समिति संयोजक महादेव यादवको भनाइ छ। 

कात्तिक महिनामा नै हिमाली जिल्लामा हिँउ पर्न सुरु हुने र मौसम प्रतिकूल पर्ने भएकाले दसैँअघि जिल्ला अधिवेशन गर्ने पूर्वनिर्धारित कार्यक्रम यथावत रहेको उनले बताए।

‘हिमाली जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ,’ यादवले भने, ‘हिमाली जिल्लामा अधिवेशन गर्न मौसमको प्रतिकूलता हुन सक्छ। त्यही भएर दसैँअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको हो। अब निर्वाचन समिति त्यही अनुसार अघि बढ्छ।'

हिमाली जिल्लाहरू रसुवा र डोल्पामा भने अझसम्म पनि वडा अधिवेशन हुन सकेको छैन। यी जिल्लामा दसैअघि वडा अधिवेशन गर्ने र जिल्ला अधिवेशन दसैँपछि गरिने उनको भनाइ छ।

हिमालीबाहेकका जिल्लामा भने दसैँ र तिहारको बीचमा जिल्ला अधिवेशन हुनेछन्। वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा असोज १८ गतेसम्ममा पालिका अधिवेशन सक्ने तयारीमा समिति छ। 

कांग्रेसले अझसम्म पनि १३ जिल्लामा क्रियाशील सदस्यताको  विवाद टुंग्याउन सकेको छैन। 

यी हुन् हिमाली जिल्ला

१. ताप्लेजुङ

२. संङ्खुवासभा

३. सोलुखुम्बु

४. दोलखा

५. सिन्धुपाल्चोक

६. रसुवा (दसैँपछि जिल्ला अधिवेशन मात्र हुने)

७. मनाङ

८. मुस्ताङ

९. डोल्पा (दसैँपछि मात्र जिल्ला अधिवेशन हुने)

१०. जुम्ला

११. मुगु

१२. हुम्ला

१३. कालिकोट

१४. बाजुरा

१५. बझाङ

१६. दार्चुला

१७. धादिङ

१८. रामेछाप

१९. गोरखा

२०. रुकुम (पूर्व)

२१. म्याग्दी

प्रकाशित: Sep 23, 2021| 20:02 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...