शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राजदूत यान्छीको अगाडि राष्ट्रपति भण्डारीले भनिन् - नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध

राजदूत यान्छीको अगाडि राष्ट्रपति भण्डारीले भनिन् - नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव प्रतिबद्ध रहेको बताएकी छन्।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव प्रतिबद्ध रहेको बताएकी छन्।

राष्ट्रपति भवन शितल निवासमा 'सी चिनपिङ चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै नेपालको एक चीन नीतिमा सधै उभिएको बताएकी हुन्। कार्यक्रममा राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जायज चासो र सरोकारहरूप्रति नेपाल सधैँ संवेदनशील रहेको स्पष्ट पारेकी छन्।

कार्यक्रममा राष्ट्रपति पूर्वाधारको पनि पूर्वाधारका रूपमा रहेको शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्दे यस क्षेत्रमा हाम्रो साझेदारीलाई थप सघन तुल्याउनु पर्ने सुझाव दिएकी हुन्। 

राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीका रूपमा देखिएको कोभिड–१९ विरुद्धको खोपलाई विश्व समुदायको सार्वजनिक सेवामा उपलब्ध गराउने र आर्थिक रूपमा सर्वसुलभ बनाइ सबैको पहुँच सुनिश्चित गर्ने राष्ट्रपति सीको मानवतावादी प्रतिबद्धताबाट नेपाल लगायत विश्वका धेरै देशहरू लाभान्वित भएको भन्दै चिनियाँ नेतृत्वको उच्च प्रशंसा गरेकी छन्।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीन बीच परापूर्व कालदेखि नै मैत्रीपूर्ण घनिष्ठ सम्बन्ध रहिआएको बताएकी छन्। उनले भूगोल र प्रकृतिले नेपाल र चीनलाई एक अर्कासँग निकट बनाएको उल्लेख गर्दै दुई देशलाई महान वौद्ध सभ्यताको साझा विरासतले आपसमा जोडेको बताएकी हुन्।

राजदूत यान्छीले दुवै देशले पारस्परिक मित्रता एवं विकासमा विकसित भएको साझेदारीलाई महत्वपूर्ण रहेको बताएकी छन्।


प्रकाशित: Sep 23, 2021| 18:56 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...