सोमबार, वैशाख २८, २०८३

अस्ट्रेलियाको तटीय क्षेत्रमा ३८० ह्वेलको मृत्यु

अस्ट्रेलियाको एक तटीय क्षेत्रमा ३८० वटा ह्वेल मरेका छन्। तास्मनिया सामुद्रिक तटमा सोमबारदेखि अड्किएका ३८० वटा ह्वेल मरेको अधिकारीहरुले जनाएका छन्।
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

एजेन्सी- अस्ट्रेलियाको एक तटीय क्षेत्रमा ३८० वटा ह्वेल मरेका छन्। तास्मनिया सामुद्रिक तटमा सोमबारदेखि अड्किएका ३८० वटा ह्वेल मरेको अधिकारीहरुले जनाएका छन्।

National life

ठूलो संख्यामा त्यस तटीय क्षेत्रमा अड्किएका ह्वेलमध्ये झण्डै ५० वटाको उद्धार गरिएको छ। साथै अझै ३० वटा ह्वेललाई बचाउन सकिने आशा उद्धारकर्मीहरुले व्यक्त गरेका छन्।

तास्मनियाका सरकारी अधिकारीहरुले जिवित ह्वेलको उद्धार कार्य जारी रहेको बताएका छन्।
तास्मनियाको ‘पार्क एण्ड् वाइल्डलाईफ सर्भिस’ का क्षेत्रीय प्रबन्धक निक डेकाले अहिलेसम्म जिवित रहेका र पानीमै रहेका ह्वेल बचाउन सकिन्छ कि भन्ने आशा जिवित रहेको बताएका छन्।

त्यस क्षेत्रमा सयौँको संख्यामा कहाँबाट ह्वेल आइपुगे भन्ने थाहा हुन सकेको छैन। तर यसरी तटमा आइपुग्ने ह्वेललाई बचाउन निकै गाह्रो पर्ने गरेको छ।

साथै त्यहाँ मरेका गोहीको संख्या पनि अत्यधिक ठूलो भएकाले तिनीहरुलाई निकाल्नसमेत कठिन भइरहेको अधिकारीहरुको भनाइ छ।
अहिले मेरेका ह्वेलहरुलाई तटीय क्षेत्रमा खाल्डो खनेर पुर्ने काम भइरहेको र जिवितलाई पानी तर्फ तान्ने काम भइरहेको डेकाले बताएका छन्।

विश्वमै यति ठूलो संख्यामा ह्वेल मरेको पहिलो पटक हो। यसअघि पश्चिम अस्ट्रेलियाको तटीय क्षेत्रमा फसेका ३२० ह्वेल मरेका थिए।

समुद्री लहरसँग आउने ठूलो आकारका ह्वेलहरु लहरसँगै जान नसक्दा किनारमै मर्ने गरेका छन्। तर यति ठूलो संख्यामा एकै पटक ह्वेलहरु मरेपछि सामुद्रिक जिवको उद्धार र बचाउको क्षेत्रमा काम गर्ने विभिन्न निकायहरुले चिन्ता प्रकट गरेका छन्।
 

प्रकाशित: Sep 23, 2020| 12:55 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।