शुक्रबार, फागुन २९, २०८२

पाकिस्तानमा इमरान खानको सरकार ढाल्न विपक्षीहरु एकजुट

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध त्यहाँका विपक्षी राजनीतिक दलहरु एकजुट भएका छन्।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

एजेन्सी- पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध त्यहाँका विपक्षी राजनीतिक दलहरु एकजुट भएका छन्।

National life

विपक्षी पार्टीहरु मिलेर सरकारविरुद्ध आन्दोलन गर्नेगरी हिजो राजधानी इस्लामावादमा एक पत्रकार सम्मेलनसमेत गरेका छन्।

विपक्षी दलहरुले निर्माण गरेको गठबन्धनलाई अल पार्टी कन्फ्रेन्स एपीसी नाम दिइएको छ। यो गठबन्धनको उद्देश्य प्रधानमन्त्री इमरान खानको सरकार ढाल्नु हो।

इमरान खान नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको भन्दै विपक्षी दलहरुले गठबन्धन निर्माण गरेका हुन्। उनीहरुले केही दिनमा देशव्यापी रुपमा विरोध कार्यक्रम गर्ने तयारी गरिरहेको बताइएको छ।

गठबन्धनले गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री नजाव शरीफसमेत सहभागी भएको जनाइएको छ। उनी भिडियो कन्फ्रेन्समार्फत् सहभागी भएका थिए।

Laxmi sunrise bank
kumari

शरीफले सम्मेलनमा आफ्नो संघर्ष इमरानविरुद्ध नभएको बरु जसले इमरान खानलई सत्ताको साँचो हस्तान्तरण गरेको छ उनीहरु विरुद्ध भएको बताएका थिए।

साथै उनले चुनावमा धाँदली गरेर इमरान खानलाई सत्तामा ल्याएको भन्दै यो सरकार ढलाउने अबको रणनीति भएकोसमेत स्पष्ट पारेका छन्।

विपक्षी दलहरुको गठबन्धनले २६ सुत्रीय संयुक्त प्रस्ताव तयार पारेको छ। गठबन्धनको नेतृत्व पाकिस्तान पिपुल्स पार्टी पीपीपीले गरेको छ।
प्रस्तावमा देशमा पारदर्शी संसदीय चुनावको माग गरिएको छ। साथै सरकारविरुद्ध देश व्यापी प्रदर्शन लगायतका योजना तय गरिएको छ।

प्रकाशित: Sep 21, 2020| 09:10 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।