शुक्रबार, भदौ ५, २०८३

राष्ट्रियसभाबाट आएको आर्थिक विधेयक प्रतिनिधिसभाबाट पारित

प्रतिनिधिसभाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको छ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– प्रतिनिधिसभाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक २०७८ लाई पारित गरियोस्’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस्’ भन्ने दुवै प्रस्तावलाई बहुमतले पारित गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयक बहुमतले पारित भएको घोषणा गरे।

बिहीबारको बैठकमा पनि एमालेले आफ्नो अवरोध कायमै राख्यो। एमालेले १४ जना सांसदहरुलाई कारबाही गरेको सूचना सभामुखले नटाँसेको भन्दै सूचना टाँसको माग गर्दै प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ।

बिहीवारको बैठकमा पनि एमालेले संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मुर्दावाद, गैरसांसदलाई प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर लगायतका नाराबाजीसहित संसद अवरोधलाई कायम राखेको हो।

प्रतिनिधिसभाको आगामी बैठक असोज ११ गते सोमबार दिउँसो २ बजे बस्ने भएको छ।


प्रकाशित: Sep 23, 2021| 16:16 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...