शुक्रबार, फागुन २९, २०८२

भारतमा एकै दिनमा ८६ हजार ९६१ संक्रमित

भारतमा एकै दिन ८६ हजार ९६१ संक्रमित थपिएका छन्।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

नयाँदिल्ली– भारतमा एकै दिन ८६ हजार ९६१ संक्रमित थपिएका छन्।

National life

योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाको कुल संख्या ५४ लाख ८७ हजार ५८१ पुगेको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३० जनाको मृत्यु भएको जनाएको छ। यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या ८७ हजार ८८२ पुगेको छ।

भारतमा कुल संक्रमितमध्ये अहिले पनि १० लाख ३ हजार २९९ जना संक्रमित अवस्थामै छन्। ४३ लाख ९६ हजार ३९९ जना भने संक्रमणमुक्त भइसकेका छन्।

सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित भएका छन्। महाराष्ट्रमा अहिले पनि दुई लाख ९८ हजार ५८३ जना संक्रमित छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना संक्रमित छन्।

Laxmi sunrise bank
kumari

त्यसैगरी आन्ध्र प्रदेशमा ८१ हजार ७६३ जना,संक्रमित रहेका अधिकारीहरुले जनाएका छन्। भारतीय मेडिकल रिसर्च काउन्सिलका अनुसार भारतमा अहिलेसम्म छ करोड ४३ लाख ९२ हजार ५३४ जनाको कोरोना परीक्षण गरिएको छ। रासस

प्रकाशित: Sep 21, 2020| 08:29 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।