काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा प्रचार गर्न वाईसीएल कार्यकर्तालाई निर्देशन दिएका छन्।
उनले बिहीबार योङ कम्युनिस्ट लिग नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘आक्रामक ढंगले गाउँगाउँमा गएर यो कुरा भन्नुहोला, केपी हरुवा हो, केपी भगौडा हो, केपीलाई भगौडा पनि भन्न सकिन्छ। कम्युनिस्ट आन्दोलनबाट भाग्यो। मार्क्सवादबाट भाग्यो। समाजवादी बाटोबाट भाग्यो।’
दाहालले ओलीले राष्ट्र विरोधी, माक्र्सवाद विरोधी चरित्रलाई उदांगो गरेर पार्टीबाट निष्कासन गरेको दाबी पनि गरे। उनले भने, ‘त्यसकारण हामी विजेता हो, ऊ हरुवा हो। यो कुरा दिमागमा राख्नुहोला।’
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओलीलाई महान् नेता बन्ने अवसर भए पनि उनको बुद्धि नपुगेको दाहालको भनाइ थियो। दाहालले भने, ‘मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन। दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो। तर गिदीमा गोबर भरिएपछि के गर्ने?’ पशुपतिमा जलहरी राखेको प्रसंग उल्लेख गर्दै दाहालले ओली व्यक्ति नभएर दम्भी, अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति भएको आरोप लगाए।
ओलीले माओवादीलाई सखाप पार्न प्रतिनिधिसभा विघटन गरेको आरोप पनि दाहालको छ। त्यसमा विदेशीहरूले साथ दिएको उनले बताए। दाहालले भने, ‘तर हामीले त्यसलाई हरायौं।’
जहाज ल्याउने कुरा, त्यसैमा भ्रष्टाचार, यती तपाईंहरुले सुन्नुभएको छ। ओम्नी तपाईंहरुले सुन्नुभएको छ। ७० करोड तपाईंहरु नै भुक्तभोगी हुनुहुन्छ। देखिराख्नुभएको छ।’