शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आधा घण्टा ढिलो सुरु भयो प्रतिनिधिसभा बैठक, लगत्तै एमाले सांसदको नाराबाजी

आधा घण्टा ढिलो सुरु भयो प्रतिनिधिसभा बैठक, लगत्तै एमाले सांसदको नाराबाजी

तोकिएको समयभन्दा आधा घण्टा ढिलो सुरु भएको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेको छ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– तोकिएको समयभन्दा आधा घण्टा ढिलो सुरु भएको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेको छ।

सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका छन्। सभामुखले बैठक अगाडि बढाउन आग्रह गरे पनि नाराबाजी नरोकिएपछि बैठक अघि बढाएका छन्। 

बैठक दिउँसो दुई बजेका लागि बोलाइएकोमा साढे दुई बजे सुरु भएको थियो। संघीय संसद्को चालू (नवौं अधिवेशन) सुरु भएदेखि नै एमालेले निरन्तर अवरोध गर्दै आएको छ। माधवकुमार नेपाललगायत १४ जना सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय कार्यान्वयन नगरेर पार्टी विभाजनमा भूमिका खेलेको भन्दै सभामुख सापकोटाको भूमिकालाई लिएर एमालेले भदौ २३ गतेदेखि संसद्का हरेक बैठकमा नाराबाजी गरिरहेको छ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले  विनियोजन विधेयक, २०७८ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने, आर्थिक विधेयक, २०७८ माथि छलफल हुने, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने लगायत कार्यसूची छन्।


प्रकाशित: Sep 23, 2021| 14:35 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...