शुक्रबार, भदौ ५, २०८३

राष्ट्रियसभाबाट पनि पारित भयो बजेट

राष्ट्रियसभाले चालू आर्थिक वर्षको संशोधित बजेट (विनियोजन विधेयक) पारित गरेको छ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– राष्ट्रियसभाले चालू आर्थिक वर्षको संशोधित बजेट (विनियोजन विधेयक) पारित गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीभ विधेयक बहुमतले पारित भएको हो। 

बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले उठेर विरोध जनाएका थिए। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहमतिमा सदन सञ्चालन गर्न आग्रह गरे पनि सांसदहरु नबसेपछि विधेयकलाई प्रक्रियामा लगेका थिए। 

राष्ट्रियसभाबाट पास भएको विनियोजन विधेयक जस्ताको त्यस्तै सन्देशसहित प्रतिनिधिसभामा फिर्ता आउनेछ। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा राष्ट्रियभाबाट प्राप्त सन्देश सुनाउनेछन् र प्रमाणीकरणका लागि हस्ताक्षर (सनाखत) गरेर राष्ट्रपतिकहाँ पठाउनेछन्।

राष्ट्रपतिले आजै उक्त विधेयक प्रमाणीकरण गर्ने सम्भावना छ। विनियोजन विधेयक प्रमाणीकरण भएपछि सरकारलाई खर्च गर्ने बाटो खुल्नेछ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको भए पनि साढे २ बज्दासम्म सुरु भएको छैन। 



प्रकाशित: Sep 23, 2021| 14:28 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...