शुक्रबार, फागुन २९, २०८२

आइसोलेसनको नियम नमान्नेलाई बेलायतमा १५ लाख जरिवाना हुने

कोरोना भाइरसको महामारीका बीच संक्रमित वा कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिले आफूलाई आइसोलेट नगरेमा करिब १० हजार पाउण्ड जरिवाना गरिने भएको छ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

एजेन्सी- कोरोना भाइरसको महामारीका बीच संक्रमित वा कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिले आफूलाई आइसोलेट नगरेमा (छुट्टै नबसेमा) त्यस्ता व्यक्तिलाई १० हजार पाउण्ड ( करिब १५,१४,८०० रुपैयाँ) जरिवाना गरिने भएको छ।

National life

बेलायत सरकारको नियम अनुसार यदि कोही व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको छ वा कुनै संक्रमितसँगको सम्पर्कमा रहेको पुष्टि भएको छ भने त्यस्ता व्यक्ति अरुको सम्पर्कमा नपुगेर अलग्गै रहनुपर्ने छ।

यो नियम २८ सेप्टेम्बरबाट लागू हुनेछ। त्यस्तै बेलायत सरकारले देशका न्यून आय भएका नागरिकलाई मासिक ५०० पाउण्ड (करिब ७५,७४० रुपैयाँ) दिने भएको छ।

यदि आइसोलेट भएका व्यक्तिविरुद्ध कार्यालय वा मालिकले कुनै कदम उठाएमा पनि जरिवाना गरिने बेलायत सरकारले निर्णय गरेको छ।

दोस्रो पटक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बेलायतले नयाँ नियम ल्याएको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 20, 2020| 11:18 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।