शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्री खड्कालाई भारतीय विदेशमन्त्रीको बधाई, न्युयोर्कमा भेट हुने

परराष्ट्रमन्त्री खड्कालाई भारतीय विदेशमन्त्रीको बधाई, न्युयोर्कमा भेट हुने

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई दिएका छन्।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई दिएका छन्। उनले डा. खड्कासँग काम गर्न भारत तयार रहेको पनि बताएका छन्। 

भारतीय विदेशमन्त्री जयशंकरले ट्विट गर्दै भनेका छन्, ‘नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएकोमा माननीय डा. नारायण खड्कालाई बधाई। उहाँसँग आगामी दिनमा सहकार्य गर्न तयार छौं।’ 

डा. खड्का बुधबार परराष्ट्रमन्त्री नियुक्त भएका हुन्। मन्त्रीको शपथ लिएलगत्तै उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क प्रस्थान गरेका छन्। मन्त्री खड्काले न्युयोर्कमै विदेशमन्त्री जयशंरकसँग भेट गर्ने कार्यक्रम छ।

यसअघि सार्कका विदेशमन्त्रीहरुको साइडलाइन बैठक राख्ने बताइए पनि अफगानिस्तानको नेतृत्व गरिरहेको तालिबानलाई बोलाउने कि नबोलाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा उक्त बैठक रद्द गरिएको छ। 


प्रकाशित: Sep 23, 2021| 14:09 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...