शुक्रबार, भदौ ५, २०८३

सानेपा पुगेर शेखरले भने– पार्टीमा गुन्डागर्दी स्वीकार्य हुँदैन

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र गुन्डागर्दी स्वीकार्य नहुने बताएका छन्।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र गुन्डागर्दी स्वीकार्य नहुने बताएका छन्। क्रियाशील सदस्यता विवाद मिलाउनपर्ने मागसहित सर्लाहीका नेता–कार्यकर्ताले सानेपामा जारी राखेको धर्नाप्रति ऐक्यवद्धता जनाउँदे कोइरालाले यस्तो बताएका हुन्। 

क्रियाशील सदस्यता विवाद भइरहेका बेला मंगलबार पार्टी कार्यालयमै सर्लाहीको बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोमाथि पार्टीकै नेता तथा प्रदेश नम्बर २ का महिला तथा बालबालिका मन्त्री वीरेन्द्रप्रसाद सिंहले हातपात गरेपछि विरोध भइरहेको छ।

त्यसप्रति लक्षित गर्दै कोइरालाले भने, ‘पार्टी कब्जा गर्ने हिसाबले जिल्ला–जिल्लामा नेताहरुले गुन्डागर्दी देखाइरहनु भएको छ, यो नेकालाई कदापि स्वीकार्य हुँदैन। गुन्डागर्दी गर्ने यस्ता तत्व जिल्ला–जिल्लामा परास्त हुन्छन् भन्नेमा म विश्वस्त छु। शान्तिपूर्ण आन्दोलन गर्नुस्। संयमित ढंगले गरिने यो आन्दोलनमा हाम्रो पूर्ण समर्थन छ।’ उनले डडेल्धुरामा प्रहरी प्रशासन लगाएर अधिवेशन गराएको भन्दै  ७५ वर्ष लामो इतिहासमा अहिलेसम्म कांग्रेसमा यस्तो नभएको बताए।

प्रकाशित: Sep 23, 2021| 14:00 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...