शुक्रबार, फागुन २९, २०८२

तीव्र कोरोना संक्रमणका बीच भारतमा विद्यालय खुल्दै

कोरोना भाइरसको बढ्दो संक्रमणका बीच पनि भारतमा विद्यालय खोल्ने तयारी गरिएको छ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढिरहे पनि भारतमा विद्यालयहरु खोल्ने तयार गरिएको छ। विभिन्न भारतीय सञ्चारमाध्यमले सेप्टेम्बर २१ अर्थात् सोमबारदेखि विद्यालय खोल्ने योजना बनेको उल्लेख गरेका छन्।

National life

कक्षा ९ देखि १२ सम्मका विद्यालयमा मात्रै पठनपाठन गर्न लागिएकाे हाे। विद्यालय सञ्चालनका लागि भारतको केन्द्रीय शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्यालय संगठनले विद्यालय सञ्चालन कार्यतालिका ‘सर्कुलर’ गरेको जनाएको छ।

भारतमा जारी अनलक–४ अन्तर्गत त्यसरी सञ्चालन हुने विद्यालयहरु प्रदेश सरकारको अनुमति लिएर मात्रै खोलिने पनि सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

बालबालिकालाई विद्यालय पठाउने वा नपठाउने कुरा अभिभावकहरुको अनुमतिमा भर पर्ने पनि उल्लेख छ। गत मार्चदेखि करिब ६ महिना बन्द रहेका विद्यालय राज्य सरकार र केन्द्र शासित प्रदेश सरकारले भोलिदेखि सञ्चालन गर्न चाहेमा ५० प्रतिशत शिक्षक, कर्मचारी उपस्थित गराउनुपर्नेछ।

छात्रछात्रालाई विद्यालय पठाउने कुरामा अभिभावकको पनि अनुमति लिनुपर्ने उल्लेख छ। त्यसो त भारतमा अनलक– ४ अन्तर्गत आगामी सेप्टेम्बर ३० सम्म स्कुल, कोचिङ सेन्टरसहित सबै शैक्षिक संस्था बन्द राख्ने निर्णय गरिएको छ। दिल्ली सरकारले अक्टाेबर ५ सम्म शैक्षिक संस्था खोल्न नपाउने आदेश जारी गरेको छ।

Laxmi sunrise bank
kumari

विद्यालय खुले पनि विद्यार्थीलाई विद्यालयसम्म ल्याउने र लैजाने जिम्मेवारी भने अभिभावकै हुनेछ। विद्यालय आउन चाहने विद्यार्थीले खाजा, पानी, मास्क, स्यानिटाइजर अनिवार्य रुपमा लिएर आउनुपर्ने ‘सर्कुलर’मा उल्लेख छ।

विद्यालय सञ्चालनका लागि केन्द्रीय विद्यालय संगठनले गरेको सर्कुलरमा कक्षा ११ र १२ का विद्यार्थीले सातामा सोमबार र मंगलबार मात्रै विद्यालय जानुपर्नेछ।

त्यस्तै १० कक्षाका विद्यार्थीले बुधबार र बिहीबार विद्यालय जानुपर्नेछ भने कक्षा नौ का विद्यार्थीले शुक्रबार र शनिबार विद्यालय जानुपर्नेछ। यद्यपि कुनै पनि विद्यार्थीलाई स्कुल आउन अनिवार्य भने गरिएको छैन।

आइतबार बिहानसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख नाघेको छ भने ८६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।  संक्रमितमध्ये ४३ लाख भन्दा बढी निको भइसकेका छन।

 

प्रकाशित: Sep 20, 2020| 04:48 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।