शुक्रबार, भदौ ५, २०८३

नेकपा एसले बहुदलीय जनवाद आत्मसात् गर्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात् गर्ने बताएका छन्।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात् गर्ने बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे। 

पार्टी निकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरुको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढ्ने बताए। 

उनले माओ, होची मिन्हजस्ता नेताहरुले विश्व कम्युनिस्ट आन्दोलन लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। नेपालले भने, ‘हामी जनताको बहुदलीय जनवाद आत्मसात् गर्न चाहन्छौं। मूल्यमान्यताको रक्षा गर्न चाहन्छौं।’ उनले विश्वका विभिन्न देशमा कम्युनिस्ट पार्टीमा एकसे एक नेताहरुको उदय भएको बताए। 

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेबित्तिकै युवालाई रोजगारी दिने कामलाई जोड दिने बताए। उनले त्यसका लागि आफूलाई दक्ष बनाउने गरी प्रशिक्षित हुन पनि आफू निकट पार्टीका युवा संघका नेताकार्यकर्तालाई सचेत गराए। अध्यक्ष नेपालले पार्टीमा आबद्ध युवाले सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।

अध्यक्ष नेपालले पार्टीका युवाले कृषि फार्म, माछापालन, तरकारीखेती, फलफूल खेतीलगायतका उत्पादनशील क्षेत्रको काममा लाग्नुपर्नेमा पनि जोड दिए।


प्रकाशित: Sep 23, 2021| 13:49 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...