शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महाधिवेशनमा सही नेतृत्व दिन सके पार्टी अलमलको अवस्थामा रहँदैन : पौडेल

महाधिवेशनमा सही नेतृत्व दिन सके पार्टी अलमलको अवस्थामा रहँदैन : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कार्यकर्ताले सही नेतृत्व छान्न सक्ने हो भने अहिलेको जस्तो अलमलको अवस्थामा नरहने बताएका छन्।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कार्यकर्ताले सही नेतृत्व छान्न सक्ने हो भने अहिलेको जस्तो अलमलको अवस्थामा नरहने बताएका छन्। नेपाली कांग्रेस पर्वतको नवनिर्मित पार्टी कार्यालय भवनको भर्चुअल माध्यमबाट आयोजित उद्घाटन कार्यक्रममा बिहीबार सम्बोधन गर्दै पौडेलले वडादेखि केन्द्रसम्मै सही नेतृत्व छनोट गर्न कार्यकर्तालाई आग्रह गरे। उनले भने, ‘कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको छ।’

उनले पार्टीलाई कस्तो नेतृत्व दिने भन्ने यो महाधिवेशनले तय गर्नुपर्ने बताए। पौडेलले भने, ‘नेताकार्यकर्तामा नेतृत्वले मूल्यांकन गर्न सकेन भन्ने गुनासो छ तर अब कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्नुपर्छ।’

यस्तै उनले कार्यकर्ताले पनि नेताको मूल्यांकन गर्ने बेला आएको छ। उनले भने, ‘महाधिवेशनकै बेला सही नेतृत्व दिन सके अहिलेको जस्तो अलमलको अवस्थामा पार्टी रहँदैन।’ 

उनले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने पनि जनअपेक्षाअनुसार काम हुन नसकेको बताए।

प्रकाशित: Sep 23, 2021| 11:49 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...