मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • नेपाल समय बिहानी समाचार : मन्त्रिपरिषद् विस्तारको सकसमा गठबन्धन, दसैंका लागि ५० हजार खसीबोका

नेपाल समय बिहानी समाचार : मन्त्रिपरिषद् विस्तारको सकसमा गठबन्धन, दसैंका लागि ५० हजार खसीबोका

मन्त्रिपरिषद् विस्तारका विषयमा सहमति खोज्न आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– मन्त्रिपरिषद् विस्तारका विषयमा सहमति खोज्न आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ। 

हिजो बसेको बैठकमा सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो। आज अपराह्न बस्ने बैठकले सके गठबन्धनमा सहभागी सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने नसके तत्काल कांग्रेस र माओवादी केन्द्रका मन्त्रीमात्रै समेटेर भएपनि मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा निर्णय गर्न सक्ने एक नेताले जानकारी दिए।

कांग्रेस र माओवादी केन्द्र मन्त्री छनोटका लागि आन्तरिक छलफल गर्दै आएका छन्। कांग्रेसका एक नेताका अनुसार नेकपा एकिकृत समाजवादी र जनता समाजवादीबीचको अडान कायमै रहेकाले हिजोको बैठकमा कुनै सहमति हुन सकेको थिएन्। दल विभाजन गर्न सहज हुने अध्यादेश खारेज गर्ने विषयमा दुई दलबीच विवाद छ। 

संसद्मा के गर्ला एमालेले?

संघीय संसदको दुबै सदनको बैठक आज (बिहीबार) बस्दैछ। राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे एकैसाथ सुरु हुनेछ। 

संघीय संसद सचिवालयले बुधबार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ। जसअनुसार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्नेछन्। राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ परित गर्ने तयारी छ। आजको बैठक पनि एमालेले पनि अवरोध गर्ने तयारी गरेको छ। 

सांगठनिक संरचना बनाउँदै नेकपा (एस)

नेकपा एकीकृत समाजवादीले केन्द्रीय सांगठनिक संरचनालाई पूर्णता दिने भएको छ। 

जारी केन्द्रीय कमिटीको बैठकबाट आज महासचिवसहित नेताहरुलाई जिम्मेवारी तोकेर केन्द्रीय सांगठनिक संरचनालाई पूर्णता दिन लागेको हो। एक नेताका अनुसार पार्टी स्थायी कमिटी सदस्य बेदुराम  भुसाललाई महासचिव बनाउने तयारी छ। आजको बैठकले महासचिवका साथै स्थायी कमिटी र केन्द्रीय कमिटि विस्तार गर्ने प्रचार त्यस्तै पोलिटव्युरो कमिटी पनि गठन गर्ने तयारी गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। नेकपा एकिकृत समाजवादीले संगठनात्मक विषयमा निर्णय गर्नकै लागि बैठक आजसम्म लम्ब्याएको थियो। 

अग्रिम टिकट बुकिङ ११ गतेदेखि

असोज ११ गतेबाट दशैँमा उपत्यका बाहिर जान चाहनेका लागि अग्रिम टिकट खुल्ने भएको छ। 

यस विषयमा आज यातायात व्यवस्था विभाग निर्णय गर्ने तयारी गरेको छ। विभागले अग्रिम टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफल गर्न यातायात व्यवसायीको प्रतिनिधि संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सदस्यलाई आज विभागमा बोलाएको छ । दशैंको समयमा काठमाडौं उपत्यका छाडेर गाउँ फर्किनेको संख्या ह्वात्तै बढ्ने भएकाले विभागले हरेक वर्ष अग्रिम टिकट खुलाउने गरेको छ।

यसैगरी दसैँका लागि ५० हजार खसीबोका काठमाडौं उपत्यका ल्याइने भएको छ । 

विगतका वर्षमा झै यो वर्षको दसैँमा पनि सरकार र व्यापारीले गरेर ५० हजार हाराहारी खसीबोका काठमाडौँ उपत्यका ल्याउन लागिएको हो। जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउने दुई हजार वटा खसीबोका समेत सामेल छन्। यो सहित, उपत्यकाको दसैँ माग धान्न ५० हजारभन्दा बढी खसीबोका भित्रिने पशुसेवा विभागले जानकारी दिएको छ। विभागले नेपाल व्यावसायिक बाख्रा पालक महासंघ, चौपाया खरिद बिक्री सेवा संघ, बाख्रा पालन महिला सहकारी लगायतका संस्थासँग छलफल गरिसकेको छ।

तीन जिल्लामा पूर्ण खोप

कोरोना भाइरसविरुद्धको खोप तीन जिल्लामा पूर्णमात्रामा लगाइएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले मनाङ, मुस्ताङ र पूर्व रुकुममा सबै लक्षित जनसंख्यामा पूर्णमात्रामा खोप लगाएको जानकारी दिनुभयो। यस्तै काठमाडौँ उपत्यकामा ४० प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्णमात्राको खोप लगाएका छन्। मुलुकभरि करिब १८ प्रतिशत जनसंख्याले पूर्णमात्राको खोप लगाएका छन्। सरकारले यही असोज मसान्तसम्ममा ३३ प्रतिशतलाई पूर्णमात्राको खोप लगाउने लक्ष्य राखेको छ।


प्रकाशित: Sep 23, 2021| 11:35 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।