शुक्रबार, भदौ ५, २०८३

एकीकृत समाजवादीको पदाधिकारी चयन, महासचिवमा बेदुराम भुसाल

नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयन गरेको छ। आज बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरी समाजवादीले पार्टीले पदाधिकारीको नाम टुंगो लगाएको हो।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयन गरेको छ। आज बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरी समाजवादीले पार्टीले  पदाधिकारीको नाम टुंगो लगाएको हो।

नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । त्यस्तै महासचिवमा डा. बेदुराम भुसाल, उपमहासचिवमा डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन्।

सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन भएको एकीकृत समाजवादीले जनाएको छ। पार्टीको अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल रहेका छन्।

प्रकाशित: Sep 23, 2021| 11:31 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...