शुक्रबार, फागुन २९, २०८२

युगान्डामा २१९ कैदी फरार, तीन जनाको मृत्यु

युगान्डाको उत्तरपूर्वी जिल्ला मोरोटोको जेलबाट कम्तीमा २१९ कैदी फरार भएका छन्।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

कम्पाला– युगान्डाको उत्तरपूर्वी जिल्ला मोरोटोको जेलबाट कम्तीमा २१९ कैदी फरार भएका छन्।

National life

युगान्डा कारागार सेवाका प्रवक्ता फ्रान्क बाइनका अनुसार स्थानीय समयअनुसार बुधबार जेल तोडेर भाग्ने क्रममा कम्तीमा सात बन्दीलाई पुनः नियन्त्रणमा लिइएको छ। तीन जना मारिएका छन्।

पुनः भाग्न बल प्रयोग गरेपछि भएको भिडन्तमा उनीहरू मारिएका मोरोटो सहरको सिंगिला जेल प्रशासनले जनाएको छ।

बाइनले भने, ‘जेल प्रशासन, सेना तथा प्रहरीले फरार कैदीहरूको संयुक्त रूपमा खोजी गरिरहेका छन्।’

बुधबार रातिदेखि सुरक्षाकर्मीले हवाई गस्तीलाई रोकी पैदल गस्ती बढाएका छन्।

Laxmi sunrise bank
kumari

फरार तथा मारिएका अधिकांश कैदीहरूलाई अवैध रूपमा हतियार राखेको अभियोगमा जेलमा राखिएको थियो। उनीहरूबाट १४ थान बन्दुक र दर्जनौं गोली तथा केही विस्फोटक पदार्थ बरामद गरिएको छ।

गत मार्चमा उत्तर पश्चिमी जिल्ला औरामा कैदीहरूले जेलको घेरा तोडी भाग्न खोज्दा भएको दङ्गामा तीन कैदीको मृत्यु भएको थियो भने छ घाइते भएका थिए। -रासस

प्रकाशित: Sep 17, 2020| 18:37 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।