बुधबार, जेठ २०, २०८३

बैतडीमा एक व्यापारी मृत फेला

जिल्लाको सुर्नया गाउँपालिका–४ लेकडाँडा निवासी अन्दाजी ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन्। उनी सन्सेरीमाण्डौंमा मासु पसल सञ्चालन गर्दै आइरहेका थिए।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८
National life
Shivam cement

धनगढी- बैतडीमा एक जना व्यापारी मृत फेला परेका छन्। जिल्लाको सुर्नया गाउँपालिका–४ लेकडाँडा निवासी अन्दाजी ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन्। उनी सन्सेरीमाण्डौंमा मासु पसल सञ्चालन गर्दै आइरहेका थिए। 

स्थानीयले बिहान ६ बजे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक महराको टाउँकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ। स्थानीय प्रताप महराले मृतकको टाउको, छाती र शरीरका तमाम भागमा चोट देखिएकाले घटनाको सूक्ष्म ढंगले छानबिन गर्नुपर्ने बताए। 

‘अहिले इलाका प्रहरी कार्यालय पाटनको घटनास्थल पुगेको छ,’  प्रहरी निरीक्षक राजेश शाहीले भने, ‘घटनाको अनुसन्धान सुरु गरिएको छ।’

प्रकाशित: Sep 23, 2021| 10:37 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।