शुक्रबार, भदौ ५, २०८३

मन्त्रिपरिषद् विस्तारमा सहमति खोज्न गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषद् विस्तारका विषयमा सहमति खोज्न आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ। बुधबार बसेको बैठकमा सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं- मन्त्रिपरिषद् विस्तारका विषयमा सहमति खोज्न आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ। बुधबार बसेको बैठकमा सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो। 

आज अपराह्न बस्ने बैठकले सके गठबन्धनमा सहभागी सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने नसके तत्काल कांग्रेस र माओवादी केन्द्रका मन्त्रीमात्रै समेटेर भए पनि मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा निर्णय गर्न सक्ने एक नेताले जानकारी दिए। कांग्रेस र माओवादी केन्द्र मन्त्री छनोटका लागि आन्तरिक छलफल गर्दै आएका छन्। 

कांग्रेसका एक नेताका अनुसार नेकपा एकिकृत समाजवादी र जनता समाजवादीबीचको अडान कायमै रहेकाले बिहीबारको बैठकमा कुनै सहमति हुन सकेको थिएन। दल विभाजन गर्न सहज हुने अध्यादेश खारेज गर्ने विषयमा दुई दलबीच विवाद छ। 

माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी तत्काल अध्यादेश खारेज गर्न नहुने र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी भने अध्यादेश खारेज गर्नु पर्ने अडानमा उभिएका छन्। 

नेपालले अध्यादेश खारेज हुँदा आफ्नो दलको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउँदै आएका छन् भने यादवले अध्यादेश सक्रिय रहदा मन्त्री हुन नपाएकाले पार्टी फुटाउन सक्ने भएकाले खारेज गर्नु पर्ने बताउँदै आएका छन्। 

दुई दलको यहि अडानका कारण सरकार गठन भएको साढे दुई महिनासम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार परराष्ट्रमन्त्रीमा कांग्रेस नेता डा. नारायण खड्कालाई नियुक्त गरे पनि अझै १६ मन्त्रालय नेतृत्व बिहीन छन्।

प्रकाशित: Sep 23, 2021| 09:04 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...