शुक्रबार, फागुन २९, २०८२

आफ्ना सैनिकलाई नजिस्क्याउन भारतलाई चीनको चेतावनी

चीनले चिनियाँ सैनिक (पीएलएलाई) नजिस्काउन भारतलाई चेतावनी दिएको छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

एजेन्सी- चीनले चिनियाँ सैनिक (पीएलएलाई) नजिस्काउन भारतलाई चेतावनी दिएको छ।

National life

उसले भारतलाई आफ्ना गलत हर्कत तत्काल सुधार गर्न र चिनियाँ सेनालाई जिस्काउन बन्द गर्न चेतावनी दिएको बीबीसीले जनाएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले हालै चीन-भारतबीचको वास्तविक नियन्त्रण रेखा एलएसीमा भएको संघर्षका लागि भारत जिम्मेवार रहेकोसमेत बताएका छन्।

चीनको सत्ताधारी पार्टीको अखबार ग्लोबल टाइम्सकाअनुसार विदेश मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा प्रवक्ताले भने, ‘पहिले भारतले दुई पक्षीय सहमतिहरुको उल्लंघन गर्यो, भारतीय सैनिकले अवैध तरिकाबाट सीमा पार गरेर हाम्रा सैनिकलाई जिस्काए, एकतर्फी रुपमा कारबाही सुरु गरे र चिनियाँ सैनिकलाई धम्क्याउनका लागि गोली चलाए।’

चीनको यो भनाइको एक दिनअघि भारतका रक्षा मन्त्री राजनाथ सिंहले संसदमा सीमा क्षेत्रकाे तनावबारे बयान दिँदै चीनले सीमा उल्लंघन गरेको आरोप लगाएका थिए।

Laxmi sunrise bank
kumari

सिंहको यो भनाइपछि ग्लोबल टाइम्सले एक लेखमार्फत् प्रतिक्रियासमेत जनाएको थियो।

ग्लोबल टाइम्सका सम्पादक हू शिजिनले आफ्नाे लेखमा चीन शान्ति र युद्ध दुबैका लागि तयार रहेको र भारतले अंगिकार गरिरहेको अतिराष्ट्रवादी शक्तिको भाषा प्रयोग गर्न चीन पनि सक्षम रहेेकाे बताएका थिए।

साथै उनले भारतीय सैनिकले सीमा क्षेत्रमा देखाएको ताकतका कारण मात्रै भारतीय सैनिक नरम देखिएको भन्दै चिनियाँ सैनिकसँग टकरावका लागि भारत तयार हुनु जुवा जस्तै भएको र भारतले जित्न नसक्ने उल्लेख गरेका छन्।

उनले आफ्नो लेखमा भारतमा अतिराष्ट्रवादले काम गरिरहेको र यो भारतको कमजोर पक्ष भएको टिप्पणी गरेका छन्।

साथै उनले चीन सरकारलाई भारतसँग कुटनीतिक वार्ता गर्न र भारतले बुझ्न सक्ने 'शक्तिको भाषा' प्रयोग गर्नसमेत आग्रह गरेका छन्।

भारत र चीनबीच लद्दाखस्थित वास्तविक नियन्त्रण रेखामा पछिल्लो ४ महिनादेखि तनावको अवस्था छ।

यो तनाव अन्त्यका लागि दुबै देशले कुटनीतिक पहल गरिरहेको भए पनि एक अर्कालाई सैन्य हस्तक्षेपको आरोप लगाउँदै आएका छन्।

लद्दाखको गलवान घाँटीमा १५ जुनमा दुबै देशबीच भएको हिंस्रक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। यसपछि दुबै देशबीच जारी रहेको कुटनीतिक वार्ताले कुनै निष्कर्ष निकालेको छैन।

भारत र चीनबीच ३ हजार ५०० किलोमिटर लामो सीमा क्षेत्र छ। दुबै देश सीमाको वर्तमान अवस्थामा सहमत छैनन्। यसै कारण दुई देशबीच सन् १९६२ मा युद्धसमेत भएको थियो।

प्रकाशित: Sep 16, 2020| 18:20 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।