मंगलबार, साउन १२, २०८३

राजस्थानमा डु‌ंगा पल्टिँदा ११ जनाको मृत्यु

 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

नयाँदिल्ली– भारतको राजस्थानस्थित चम्बल नदीमा डुंगा पल्टिँदा ११ जनाको मृत्यु भएको छ। डुंगाबाट खसेका तीन जना बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मृत्यु हुनेमा ६ पुरुष, चार महिला र एक बच्चा छन्। २५ जना क्षमताको डुंगामा ४० जना चढेका थिए।

यति मात्र होइन, ढुंगामा १४ वटा मोटरसाइकल पनि राखिएको बताइएको छ। नदीको गहिराइ ४० देखि ५० फिटसम्म रहेको छ। घटनालगत्तै स्थानीय बासिन्दाले उद्धार प्रयास गरे पनि नदीको तीव्र बहावका कारण केही मानिस हेर्दा हेर्दै बगेका थिए।

प्रहरीका अनुसार डुंगामा चढेका सबैजसो कमलेश्वर धामतर्फ जाँदै थिए। बेपत्ताको खोजी र घाइतको उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Sep 16, 2020| 15:38 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।