शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ : पाकिस्तानी प्रधानमन्त्री

बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ : पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन्।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

इस्लामाबाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन्।

National life

उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा यस्ता् धारणा राखेका हुन्।

प्रधानमन्त्री खानले भनेका छन्, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ।’।

पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना बच्चाकै अगाडि लाहोरको एक सडकमा सामूहिक बलात्कृत भएकी थिइन्।

त्यसपछि पाकिस्तानमा बलात्कारीलाई गर्ने कारबाहीका विषयलाई लिएर विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन्।

Laxmi sunrise bank
kumari

यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा बलात्कारमा संलग्न हुने व्यक्तिलाई के कस्तो खालको कारबाही गर्नुपर्छ भनी सोधिएको प्रश्नमा सो जवाफ दिएका हुन्।

गत हप्ता पञ्जाब प्रान्तको लाहोर सहरनजिकै आफ्नो कारमा रहेकी ती महिलालाई जबर्जस्ती कार रोकेर उनको कारमा समेत तोडफोड गरी कारबाट सडकमा निकालेर बलात्कार गरिएको थियो।

त्यसपछि उनका गरगहना पनि लुटिएको थियो। यस घटनापछि पाकिस्तानका विभिन्न सहरमा सरकारले सुरक्षा दिन नसकेको भन्दै विरोध प्रदर्शन भएका छन्। 

घटनामा संलग्न भएको आशंकामा लाहोर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। -रासस

प्रकाशित: Sep 15, 2020| 12:34 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।