मंगलबार, साउन १२, २०८३

कोरोनाको अति प्रभावित क्षेत्रमा स्कुल खुले

इटालीको कोरोना भाइरसबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबारदेखि स्कुल खुलेका छन्।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

इटालीको कोरोना भाइरसबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबारदेखि स्कुल खुलेका छन्।

देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गत फेब्रुअरी २१ देखि स्कुल जान नपाएकोमा सोमबारदेखि स्कुल प्रवेश गरेका हुन्।

देशको उत्तरी क्षेत्रमा पर्ने यस ठाउँमा त्यसबेला देखि केही समय कोरोना भाइरसको महामारी उत्कर्षमा पुगेको थियो।

इटालीमा दुई महिनासम्म अति कडा लकडाउन लागु गर्दा झण्डै ८० लाख बालबालिका प्रभावित भएका थिए।

यहाँका धेरै बालबालिकाहरुले कोरोनाका कारण हजुरबुवा हजुर आमा गुमाएका छन् भने कतिपयले अन्य आफन्तहरु पनि गुमाएका छन्।

विद्यालय खुल्नु लकडाउन पूर्वको अवस्थामा लैजानका लागि महत्वपूर्ण कदम भएको स्थानीय विद्यालयका प्राचार्य सेसिलिया कुगिनीले बताए।

प्रकाशित: Sep 15, 2020| 06:03 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।