सोमबार, वैशाख २८, २०८३

भारत : संसद बैठकको पहिलो दिन, १७ सांसदमा कोरोना पोजेटिभ

भारतमा संसद बैठकको पहिलो दिन १७ सांसदमा कोरोना पुष्टि भएको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

एजेन्सी- भारतमा संसद बैठकको पहिलो दिन १७ सांसदमा कोरोना पुष्टि भएको छ। सांसद मिनाक्षी लेखी र अनन्तकुमार हेगडेसहित १७ सांसदमा कोरोना पुष्टि भएको समाचार एजेन्सी एएनआईले जनाएको छ।

National life

मनसुन सत्रको पहिलो बैठकका दिन संसद भवनमा कोरोना जाँच गरेर मात्र सांसदहरुलाई प्रवेश दिइएको छ। संसद प्रवेशका लागि कोरोना नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम बनाइएको छ।

कोही सांसद, कर्मचारी वा पत्रकारका लागि संसदमा प्रवेश गर्न कोरोना रिपोर्ट नेगेटिभ देखाउन अनिवार्य गरिएको छ।

लोकसभा र राज्यसभा सचिवालयले कोही पनि व्यक्ति कोरोना रिपोर्ट नेगेटिभ नभएसम्म संसदमा प्रवेश गर्न नपाउने नियमलाई कडाइका साथ पालना गर्ने बताएको छ।

आज बैठक बस्ने भएपछि हिजो आइतबार अधिकांस सांसदको स्वाब संकलन गरिएको थियो।

कोरोना महामारीकै बीचमा सुरु भएको संसद बैठकमा स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरिएको छ। सांसदहरुका लागि सामाजिक दूरीसहितको सिट व्यवस्थापन गरिएको छ।

भारत कोरोना महामारीबाट प्रभावित विश्वको शीर्ष दोस्रो देश हो। त्यहाँ ४८ लाख ५० हजारभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ।

प्रकाशित: Sep 14, 2020| 17:47 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।