सोमबार, वैशाख २९, २०८२

रातो मच्छिन्द्रनाथलाई बुंगमतीमा स्वागत (तस्बिरहरु)

यस वर्ष मच्छिन्द्रनाथको भोटो पनि देखाइएन। यसअघि जात्राको अन्तिम दिन जावलाखेलमा रत्न जडित भोटो देखाइन्थ्यो।
 |  सोमबार, भदौ २९, २०७७
nespernesper

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, भदौ २९, २०७७

vianetvianet

काठमाडौं– रातो मच्छिन्द्रनाथको जात्रा समापन भएको छ। कोरोना भाइरसको महामारीका कारण केही विधिमात्र पूरा गरेर जात्रा सकिएको हो।
जात्रा समापन भएपछि मच्छिन्द्रनाथको मूर्ति पुल्चोकबाट बुंगमती लगिएको छ। रातो मच्छिन्द्रनाथलाई स्वागत गर्न ठूलो संख्यामा बुंगमतीवासी भेला भएका थिए।

triton college

यस वर्ष मच्छिन्द्रनाथको भोटो पनि देखाइएन। यसअघि जात्राको अन्तिम दिन जावलाखेलमा रत्न जडित भोटो देखाइन्थ्यो।

भोटो जात्राको अवलोकन गर्न राष्ट्र प्रमुख वा राष्ट्राध्यक्ष जाने परम्परा छ।

भोटोको किंवदन्ती

परापूर्वकालमा नागरानी बिरामी हुँदा वैद्य खोज्दै कर्कोटक नागराज किसानको खेतमा पुग्छन्। किसानलाई वैद्य ठानेर घर लगेका कर्कोटक नागले नागरानीलाई जसरी पनि निको पार्न भन्छन्। नभए राम्रो हुनेछैन भन्ने चेतावनी पनि दिन्छन्।

National life insurance

किसानले आफ्नो शरीरको मैलो निकाल्दै औषधिको रुपमा लगाइदिँदा नागरानीको आँखा ठीक हुन्छ। नागरानी ठीक भएपछि कर्कोटक नागले किसानलाई वर माग्न लगाउँदा किसानले नागराजकै भोटो माग्छन्। नागराज खुसी भएर किसानलाई भोटो दिएर पठाउँछन्।

एकदिन खेतमा काम गर्दै गर्दा गर्मी भएर किसानले भोटो खोलेर आलीमा राखेकै बेला भूतले भोटो चोर्छ। चोरी भएको भोटो लगाएको त्यो भूत रातो मच्छिन्द्रनाथको जात्रामा भेटिन्छ।

त्यहाँ नागराज, किसान र भोटो चोरको भेट हुन्छ। भोटो देख्नासाथ किसानले आफ्नो दाबी गर्छ, नागराजले पनि आफ्नो भन्छ भने चोरले पनि आफ्नै दाबी गर्छ। विवाद नफुकेपछि जात्रामा आएका राजाले ‘जसले प्रमाण ल्याउँछ भोटो उसको’ भनिदिन्छन्।

त्यति भनेपछि आ–आफ्नो दाबी गर्नेहरु प्रमाण खोज्नतिर लाग्छन्। लामो समय भोटो कसको हो भन्ने प्रमाण भेटिन्न। त्यसपछि राजाले हरेक वर्ष जात्रामा रथको चार कुनाबाट भोटो देखाउने परम्परा बसाले।

एक कुनाबाट नागराजलाई, अर्को कुनाबाट किसानलाई, अर्कोबाट भोटो चोरलाई र एउटा कुनाबाट आम मानिसलाई देखाउने गरिन्छ। अहिलेसम्म भोटो कसको हो भन्ने पत्ता लागेको छैन।

प्रकाशित: Sep 14, 2020| 17:15 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।