शुक्रबार, फागुन २९, २०८२

जापानको प्रधानमन्त्रीमा योशिहिदे सुगा सिफारिस

जापानको सत्तारुढ दलले प्रधानमन्त्री पदमा योशिहिदे सुगालाई सिफारिस गरेको छ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

एजेन्सी- जापानको सत्तारुढ दलले प्रधानमन्त्री पदमा योशिहिदे सुगालाई सिफारिस गरेको छ।

National life

सिन्जो आबेले राजीनामा घोषणा गरेपछि सत्तारुढ दलले सुगालाई प्रधानमन्त्रीका लागि सिफारिस गरेको हो।

सिन्जो आबेले गत महिना स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए।

७१ वर्षीय योशिहिदे सुगा सिन्जो आबेको नजिकको नेता मानिन्छन्। त्यसैले सिन्जो आबेले सुरु गरेका कामहरुलाई उनले प्रभावकारीरुपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।

उनलाई प्रधानमन्त्रीमा सिफारिस गर्न आफ्नो पार्टीका सांसद तथा क्षेत्रीय प्रतिनिधिका ५३४ मध्ये ३७७ भोट प्राप्त भएका छन्।

Laxmi sunrise bank
kumari

अब बुधबारको संसद बैठकमा मतदान हुनेछ, जसबाट उनी बहुमतसहित प्रधानमन्त्री बन्नेछन्।

जापानमा आगामी वर्षको सेप्टेम्बरमा संसदीय चुनाव हुनेछ।

प्रकाशित: Sep 14, 2020| 15:11 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।