शुक्रबार, फागुन २९, २०८२

टिकटकद्वारा माइक्रोसफ्ट कम्पनीको प्रस्ताव अस्वीकार

टिकटकको अमेरिकी अपरेशन किन्नका लागि माइक्रोसफ्ट कम्पनीले राखेको प्रस्ताव टिकटकले अस्वीकार गरेको माइक्रोसफ्ट कम्पनीले जनाएको छ ।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

काठमाडौं– टिकटकको अमेरिकी अपरेशन किन्नका लागि माइक्रोसफ्ट कम्पनीले राखेको प्रस्ताव टिकटकले अस्वीकार गरेको माइक्रोसफ्ट कम्पनीले जनाएको छ ।

National life

वाल स्ट्रीट जरनल र रोयटर्समा छापिएको समाचारअनुसार टिकटकले माइक्रोसफ्ट कम्पनीको प्रस्ताव अस्वीकार गरेपछि ओरेकल कम्पनीलाई अन्तिम समयमा आफ्नो बोली लगाउने मौका मिलेको छ ।

समाचारअनुसार ओरेकल कम्पनीले बिड जितेको छ भने अब टिकटक एपको अमेरिकी अपरेशन ओरेकसँग हुने पक्का भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया कम्पनी बाइटडान्सलाई सेप्टेम्बर १५ अर्थात भोली मंगलबारसम्म टिकटक बन्द गर्न या बेच्नका लागि अन्तिम समयसीमा तोकेका थिए ।

अमेरिकी कम्पनी माइक्रोसफ्ट र ओरेक दुबैले टिकटक किन्ने इच्छा देखाएका थिए । टिकटकका प्रवक्ताले बीबीसीलाई बताएअनुसार माइक्रोसफ्ट या ओरेकललाई लिएर कुनै प्रतिक्रिया दिएका छैनन ।

Laxmi sunrise bank
kumari

ओरेकल कम्पनीका अध्यक्ष लैरी एलिसन राष्ट्रपति ट्रमका समर्थक हुन । फरबरीमै उनले ट्रमका लागि चन्दा संकलन गर्न कार्यक्रम आयोजना गरेका थिए ।

प्रकाशित: Sep 14, 2020| 11:40 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।