शुक्रबार, फागुन २९, २०८२

इजरायलमा पुनः देशभर लकडाउन

कोरोना भाइरस नियन्त्रणका लागि इजरायलले फेरि लकडाउन लागू गर्ने भएको छ। यहुदी नयाँ वर्षदेखि इजरायलमा देशभर कडा लकडाउन लागू हुन लागेको हो।
 |  सोमबार, भदौ २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०७७

कोरोना भाइरस नियन्त्रणका लागि इजरायलले फेरि लकडाउन लागू गर्ने भएको छ। यहुदी नयाँ वर्षदेखि इजरायलमा देशभर कडा लकडाउन लागू हुन लागेको हो।

National life

आउने शुक्रबारदेखि लागू हुने लकडाउन तीन हप्ताको हुनेछ।

प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले भनेका छन्, ‘हामीले महँगो मूल्य चुकाउनु पर्नेछ। तर, लकडाउनको विकल्प छैन।’

लकडाउनको विरोधमा त्यहाँका एक मन्त्रीले राजीनामा दिएका छन् र सत्ताधारी गठबन्धनबाट आफ्नो पार्टीको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।

इजरायलमा दैनिक ४ हजार नयाँ संक्रमित थपिइरहेका छन्। करिब ९० लाख जनसंख्या भएको इजरायलमा ११ सय ८ जना संक्रमितको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ५३ हजार छ। यसै हप्तादेखि त्यहाँ पुनः संक्रमण दर बढेको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Sep 14, 2020| 07:10 सोमबार, भदौ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।