शुक्रबार, फागुन २९, २०८२

उहानबाट पूर्ण क्षमतामा आन्तरिक हवाई उडान शुरु

बेइजिङ- कोरोना भाइरस महामारीको केन्द्रका रुपमा चिनिएको चीनको उहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरु शुरु भएको छ ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

बेइजिङ- कोरोना भाइरस महामारीको केन्द्रका रुपमा चिनिएको चीनको उहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरु शुरु भएको छ ।

National life

उहानमा गत वर्षको अन्त्यतिर कोरोनाभाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए । त्यसपछि उक्त शहरलाई झण्डै ७६ दिन पूर्ण लकडाउनमा राखिएको थियो । शहरमा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिइसकेको भन्दै सरकारले रातारात अस्पतालहरु पनि निर्माण गर्नु परेको थियो ।

गत अप्रिल महिनाको शुरुमा आंशिक खुला भएको उहानमा जनजीवन विस्तारै खुकुलो हुँदै गएको छ भने आन्तरिक उडान नियमित हुन थालेका छन् । उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले शुक्रबार एकै दिन ५०० वटा आन्तरिक उडानबाट ६४ हजार ७०० यात्रुले सेवा लिएको जानकारी दिए।

यस विमानस्थलबाट चाँडै नै सियोल, सिंगापुर, क्वालालम्पुर र जकार्ताको उडान शुरु गर्न लागिएको सिन्ह्वा समाचार समितिले विमानस्थलका एक अधिकारी झु झियानीको भनाई उद्धृत गर्दै जनाएको छ ।

अन्तर्राष्ट्रिय कार्गो सेवा भने देशका प्रमुख औद्योगिक शहर तथा आम्स्र्टडम र नयाँदिल्ली जस्ता गन्तव्यमा शुरु भइसकेका छन् ।

Laxmi sunrise bank
kumari

चीनमा झण्डै एक महिनाभित्र स्थानीय रुपमा संक्रमणका कुनै पनि बिरामी भेटिएका छैनन् । आइतबार भेटिएका १० जना संक्रमितहरु अन्यत्रबाट आएका व्यक्ति रहेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।

चिनियाँ अस्पतालमा हाल १५१ जनाको उपचार भइरहेको र ३५७ जनालाई आइसोलेसनमा राखिएको छ । चीनमा कोरोना संक्रमितको कूल संख्या ८५ हजार १८४ जना रहेका र त्यसमध्ये चार हजार ६३४ जनाको मृत्यु भएको थियो ।

प्रकाशित: Sep 13, 2020| 21:21 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।