सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना समलिंगी विवाह गर्नेलाई भगवानको सजाय हो भन्ने धर्म गुरुलाई कोरोना

कोरोना समलिंगी विवाह गर्नेलाई भगवानको सजाय हो भन्ने धर्म गुरुलाई कोरोना

कोरोना भाइरस समलिंगी विवाह गर्नेलाई भगवानको सजाय हो भन्ने एक धर्म गुरुलाई कोरोना पोजेटिभ भएको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

एजेन्सी- कोरोना भाइरस समलिंगी विवाह गर्नेलाई भगवानको सजाय हो भन्ने एक धर्म गुरुलाई कोरोना पोजेटिभ भएको छ।

National life

युक्रेनको राजधानी किभमा रहेको मुख्य चर्च अर्थोडक्स चर्चका प्रमुख पाट्रियर्च फिलारेटलाई कोरोना पोजेटिभ भएको हो। उनको अहिले उपचार भइरहेको चर्चले जनाएको छ। चर्चले गत सेप्टेम्बर ४ मा चर्च प्रमुलाई कोरोना पुष्टि भएको फेसबुकमार्फत् जानकारी दिएको थियो।

चर्चले फेसबुक मार्फत् एक सन्देश जारी गर्दै भनेको छ, ‘आदरणीय धर्मगुरुले सबै प्रति आभार प्रकट गर्नुभएको छ, जसले उहाँको सुस्वास्थ्यको कामना गरेका थिए।’

धर्मगुरुको अहिले उपचार भइरहेको र स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ।

९१ वर्षीय धर्मगुरुले गत मार्चमा युक्रेनी टिभी च्यानलमा एउटा सन्देश दिँदै कोरोना भाइरसको महामारी समलिंगी विवाह गर्नेहरुका लागि भगवानले दिएको सजाय रहेको बताएका थिए।

उनले भनेका थिए, ‘यो मानिसको पापका लागि ईश्वरले दिएको सजाय हो। मेरो भन्नुको अर्थ यो समलिंगी विवाह गर्नेका लागि सजाय हो।’
सीएनएन

प्रकाशित: Sep 13, 2020| 18:40 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।