मंगलबार, साउन १२, २०८३

भारतका पूर्व केन्द्रीय मन्त्री रघुवंशको निधन

भारतका पूर्व केन्द्रीय मन्त्री एवम् राष्ट्रिय जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको निधन भएको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

एजेन्सी- भारतका पूर्व केन्द्रीय मन्त्री एवम् राष्ट्रिय जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको निधन भएको छ। उनको दिल्लीस्थित एम्स अस्पतालमा ७४ वर्षको उमेरमा आज (आइतबार) दिउँसो निधन भएको हो।

दुई दिन पहिले उनले आफ्नो स्वास्थ्य खराब हुँदै गएपछि लालु प्रसाद यादवलाई चिट्ठी लेखेर राजीनामा बुझाएका थिए। उक्त पत्रपछि लालुप्रसादले पनि चिट्ठी लेख्दै रघुवंश उक्त पार्टीबाट बाहिर कहिँ नजाने विश्वास व्यक्त गरेका थिए।

रघुवंश गत जुन महिनामा कोरोना संक्रमित भएका थिए। कोरोना संक्रमणमुक्त भएका उनी यसै महिनादेखि पुनः बिरामी पर्न थालेका थिए। गत हप्ता उनी दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए।

रघु वंशको निधनपछि लालु प्रसादले एक भावुक ट्वीट गरेका छन्।

उनले लेखेका छन्, ‘प्रिय रघुवंश तपाईँले यो के गर्नुभयो ? मैले अस्ति मात्र तपाईँलाई भनेको थिएँ तपाईँ कहीँ जानु हुने छैन ? तर तपाईँ यति टाढा जानु भयो। निःशब्द छु, दुःखी छु, निकै याद आउने छ।’

रघुवंश आफ्नो जीवनकालमा सादगी नेताका रुपमा परिचित थिए। उनी मन्त्री हुँदा भारतमा बेरोजगारहरुका लागि १०० दिने रोजगार कार्यक्रम ल्याएका थिए।

प्रकाशित: Sep 13, 2020| 14:25 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।