शुक्रबार, फागुन २९, २०८२

भारत र चीनका विदेश मन्त्रीबीच पाँच बुँदामा सहमति

भारत–चीन लद्दाख नजिक वास्तविक नियन्त्रण रेखामा जारी गम्भीर तनावका बीच दुई देशका विदेश मन्त्रीले रुसको राजधानी मस्कोमा बिहीबार राति छलफल गरेका छन्।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

एजेन्सी-  भारत–चीन लद्दाख नजिक वास्तविक नियन्त्रण रेखामा जारी गम्भीर तनावका बीच दुई देशका विदेश मन्त्रीले रुसको राजधानी मस्कोमा बिहीबार राति छलफल गरेका छन्।

National life

शंंघाई सहयोग संगठनका सदस्य देशका विदेश मन्त्रीहरुको एक बैठकमा भाग लिन दुबै नेता अहिले मस्कोमा छन्।

भारतीय विदेशमन्त्री एस जयशंंकर र चीनका विदेशमन्त्री वाङ यीले करिब दुई घण्टाको छलफलपछि जारी गरेको संयुक्त विज्ञप्तिमा सीमावर्ती क्षेत्रमा भएका घटनाबारे स्पष्ट र रचनात्मक छलफल भएको तथा पाँच बुँदामा सहमति भएको उल्लेख गरिएको छ।

विज्ञप्तिका अनुसार ती पाँच बुँदा यस प्रकार छन्–

दुबै पक्ष आफ्ना नेताहरु बीच विभिन्न समयमा भएका सहमतिबाट निर्देशित हुँदै मतभेदलाई विवाद बन्न नदिने र सम्बन्धलाई अगाडि बढाउने।

Laxmi sunrise bank
kumari

सीमावर्ती क्षेत्रमा जारी स्थिति दुबै देशको हितमा नभएकाले सैन्य स्तरमा कुराकानी जारी राख्दै चाँडै एक अर्काबीच उचित दूरी कायम गर्ने र तनाव कम गर्ने।

दुबै पक्षले सीमा सम्बन्धी सबै सम्झौता र प्रोटोकल पालन गर्ने, सीमावर्ती क्षेत्रमा शान्ति कायम गर्ने।

सीमा मुद्दामा विशेष प्रतिनिधिहरु बीच वार्ताको प्रक्रियाद्वारा संवाद जारी राख्ने।

शान्ति कायम भएपछि दुबै पक्षले आपसी विश्वास बढाउनका लागि तीव्रताका साथ नयाँ कदम चाल्ने।

जानकारहरुले दुबै देशबीच राजनीतिक स्तरमा भएको वार्ताको स्वागत गर्दै यो वार्ताको प्रभाव र सहमतिको प्रभाव लद्दाखमा दुबै तर्फका सैनिक पछाडि हटेको अवस्थामा मात्रै देख्न सकिने बताएका छन्।

यद्यपि, सैन्य झडप सुरु हुनुअघिको स्थिति तत्काल बहाल गर्नेबारे सहमतिका कुनै बुँदामा उल्लेख नभएको भन्दै उनीहरुले चिन्ता पनि व्यक्त गरेका छन्।

भारत र चीनबीच सीमा विवाद जारी रहँदा १५ जुनमा दुई देशका सेनाबीच गलवान उपत्यकामा भएको झडपमा २० जना भारतीय सैनिक मारिएका थिए।

त्यसयता विभिन्न स्तरमा वार्ता र छलफल भए पनि सीमा क्षेत्रमा तनाव कायमै छ।

 

प्रकाशित: Sep 11, 2020| 12:35 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।