शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बिहीबार पनि मन्त्रिपरिषद् विस्तार, कांग्रेस र माओवादीका मन्त्री मात्रै थपिने!

बिहीबार पनि मन्त्रिपरिषद् विस्तार, कांग्रेस र माओवादीका मन्त्री मात्रै थपिने!

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार पनि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार पनि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। बुधबार पनि मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसका डा नारायण खड्कालाई परराष्ट्रको जिम्मेवारी दिएका देउवाले बिहीबार नेपाली कांग्रेस र माओवादी केन्द्रको कोटामा परेका मन्त्रीहरु थप गरेर मन्त्रिपरिषद् विस्तार गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका हुन्। 

मन्त्रिपरिषद् विस्तारको तयारी भएको र भोलि नै दुई दलका मन्त्रीहरु समेटेर भएपनि मन्त्रिपरिषद् विस्तार हुने ‘प्रचण्ड’को भनाइ छ। 

बुधबार पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुने उनले उल्लेख गरे।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले अध्यक्षले मन्त्रिपरिषद् विस्तारबारे ब्रिफिङ गरेको उल्लेख गरे। अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तार ढिला भए पनि अब ढिला गर्न नहुने बताएको महराको भनाइ छ। 

एकिकृत समाजवादी र जनता समाजवादीले भने केही दिनपछि मात्रै सरकारमा सहभागी हुने बताएसँगै दुई दलको भागमा परेका मन्त्री मात्र थपेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको भनाइ थियो।

माओवादी केन्द्रको बुधबार बसेको स्थायी समितिको बैठकमार्फत् आफ्नो तर्फबाट मन्त्री बन्नेहरुको नामसमेत टुंगो लगाएको स्रोतले बताएको छ। यद्यपि नाम भने खुलेको छैन।

नेपाली कांग्रेस पनि मन्त्रीको नाम छान्न जुटेको छ। मंगलबार बसेको सत्तारुढ दलको बैठकबाट सहमति गरेर प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीमा कांग्रेस नेता डा नारायण खड्कालाई नियुक्त गरेका थिए। 

असार २९ मा प्रधानमन्त्री बनेका देउवाले त्यसै दिन कांग्रेसबाट २ र माओवादीबाट २ जनालाई मन्त्री बनाएका थिए। त्यसपछि साउन १० गते उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका देउवाले बुधबार मात्रै परराष्ट्र मन्त्रीमा कांग्रेस नेता खड्कालाई नियुक्त गरेका छन्।

प्रकाशित: Sep 22, 2021| 18:04 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...