शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपालको राजनीतिक प्रस्ताव पारित, बिहीबार महासचिव चुन्दै एकीकृत समाजवादी

माधव नेपालको राजनीतिक प्रस्ताव पारित, बिहीबार महासचिव चुन्दै एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रस्ताव सुझावसहित पारित गरेको छ।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रस्ताव सुझावसहित पारित गरेको छ। 

मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष नेपालको प्रस्ताव समूहगत छलफलपछि पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। विभिन्न ५ समूह बनाएर प्रतिवेदनमाथि छलफल भएको थियो। 

रामकुमार झाँक्री, रामचन्द्र शाह, रमा आले, श्रीप्रसाद साह र दिनेश राईको समूहले समूहगत छलफल गरी राजनीतिक प्रतिवेदनमा सुझाव दिएका थियो। 

बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष माधवकुमार नेपालले बैठकमा अध्यक्ष नेपालले एमालेले जबजलाई कुरूप र विकृत बनाएकाले त्यसको सारभूत लक्ष्यलाई पक्रँदै जाने बताएका थिए। 

बैठक भोलि बिहीबार पनि बस्ने प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए। बैठकले तीनमहिने कार्ययोजना पास गर्नुका साथै महासचिव समेत चयन गर्नेछ। साथै स्थायी समिति र पोलिट ब्यूरो सदस्यसमेत भोलिको बैठकले टुङ्गो लगाउनेछ।

बैठकले समाजवाद नामक पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णयसमेत गरेको खतिवडाले जानकारी दिए। त्यस्तै नेताहरु मार्फत् पार्टीको चुनावचिन्हको सन्दर्भमा विभिन्न सुझावहरू आएको भन्दै पार्टीको चुनावचिन्ह निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको पनि विभाग प्रमुख खतिवडाले जानकारी दिए।

प्रकाशित: Sep 22, 2021| 17:45 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...