मंगलबार, साउन १२, २०८३

भारतमा झनै फैलियो कोरोना, एकै दिनमा ९६ हजार संक्रमित

भारतमा अहिलेसम्म ४३ लाख ७० हजार भन्दामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ७३ हजार ८ सय ९० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं- महामारीको रुप लिएको कोरोना भाइरस छिमेकी मुलुक भारतमा झनै तिब्र गतिमा फैलिएको छ । बुधबार एकै दिनमा ९५ हजार ९ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।

हिन्दुस्तान टाइम्सले संकलन गरेको तथ्याङ्क अनुसार भारत हरेक दिन करिब १ लाख संक्रमित पहिचान हुने मुखैमा पुगेको छ ।

भारत विश्वमै सबैभन्दा उच्च संख्यामा संक्रमित थपिने देश बनेको छ । यहि गतिमा संक्रमित थपिए अमेरिकालाई समेत पछि पर्दै भारत विश्वमै सबैभन्दा बढि कोरोना प्रभावित देश बन्ने जोखिम बढेको छ।

अमेरिकामा एकै दिनमा ७९ हजार मात्रै संक्रमित पहिचान भएको रेकर्ड छ । तर, भारत पछिल्लो एक हप्ता यता हरेक दिन ८० हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

भारतमा अहिलेसम्म ४३ लाख ७० हजार भन्दामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ७३ हजार ८ सय ९० जनाको कोरोनाकै कारण मृत्यु भएको छ । बुधवारमात्रै १ हजार १ सय ५२ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । जहाँ ९ लाख ६७ हजार ३ सयभन्दा धेरै संक्रमित भएका छन् भने २७ हजार ७ सय ८७ जनाको मृत्यु भएको छ ।

यस्तै आन्द्र प्रदेशमा ५ लाख २७ हजार ५ सय संक्रमित हुँदा ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । तमिलनाडुमा ४ लाख ८० हजार ५ सय जनामा संक्रमण पुष्टि हुँदा ८ हजार ९३ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Sep 10, 2020| 09:02 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।