शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • वडा अधिवेशन सकिएपछि मात्रै पालिका अधिवेशन गर्नुपर्ने पौडेल समूहको अडान

वडा अधिवेशन सकिएपछि मात्रै पालिका अधिवेशन गर्नुपर्ने पौडेल समूहको अडान

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल समूहले सबै जिल्लामा वडा तहको अधिवेशन सकिएपछि मात्रै पालिका अधिवेशन गर्नुपर्ने माग अघि सारेको छ।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल समूहले सबै जिल्लामा वडा तहको अधिवेशन सकिएपछि मात्रै पालिका अधिवेशन गर्नुपर्ने माग अघि सारेको छ। 

बुधबार महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्‍जमा बसेको पौडेल समूहको बैठकले वडा अधिवेशन गर्न बाँकी रहेका १३ जिल्लामा वडा अधिवेशन सकिएपछि एकैसाथ पालिका अधिवेशन गर्नुपर्ने माग गरेको हो। 

‘सबै जिल्लामा वडा अधिवेशन सकिएपछि मात्रै देशभर एकै साथ पालिका अधिवेशन गर्नुपर्ने निष्कर्ष हामीले निकालेका छौं,’ केन्द्रीय सदस्य बलबहादुर केसीले भने। 

पौडेल समूहको यस्तो निष्कर्षपछि असोज ९ गतेका लागि निर्धारण गरिएको पालिका अधिवेशन अन्योलमा परेको छ। 

पौडेल समूहले पार्टी भित्र छलफल नै नगरी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेकोप्रति असन्तुष्टि जनाएको छ।

प्रकाशित: Sep 22, 2021| 17:06 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...