शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अफगानिस्तानका विषयमा सहमति नजुटेपछि सार्क विदेश मन्त्रीस्तरीय ‘साइडलाइन’ बैठक रद्द

अफगानिस्तानका विषयमा सहमति नजुटेपछि सार्क विदेश मन्त्रीस्तरीय ‘साइडलाइन’ बैठक रद्द

अफगानिस्तानका विषयमा सहमति नजुटेपछि संयुक्त राष्ट्रसंघको ७६ औं महासभा क्रममा दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका विदेशमन्त्रीस्तरको साइडलाइन बैठक रद्द गरिएको छ।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं– अफगानिस्तानका विषयमा सहमति नजुटेपछि संयुक्त राष्ट्रसंघको ७६ औं महासभा क्रममा दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका विदेशमन्त्रीस्तरको साइडलाइन बैठक रद्द गरिएको छ। महासभाका अवसरमा हुने साइडलाइन बैठकमा कम्तीमा ६ मुलुक सहभागी हुनुपर्ने भए पनि अफगानिस्तानलाई सहभागी गराउने विषायमा सहमति नजुटेपछि बैठक रद्द गरिएको काठमाडौंस्थित सार्क सचिवालयले  जनाएको छ। परराष्ट्र मन्त्रालयले पनि बैठक स्थगित भएको पुष्टि गरेको छ ।

सार्क राष्ट्रमध्ये भारत, नेपाललगायतका मुलुकले अपगानिस्तानको तालिबान सरकारलाई औपचारिक रूपमा मान्यता दिएका छैनन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार अफगानिस्तानका विषयमा सदस्य राष्ट्रहरुबीच सहमति हुन नसक्दा बैठक रद्द गरिएको हो। सदस्य राष्ट्रबीच अफगानिस्तानलाई बैठकमा सहभागी गराउने वा नगराउने भन्नेबारेमा सहमति जुट्न नसकेपछि बैठक रद्द गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिए।

नेपालले भने उक्त बैठकमा सहभागी हुन परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरी बुधबार बिहान शपथ ग्रहण गराइएको थियो। बुधबार उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क जाने कार्यक्रम छ। 

पछिल्लो समय अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि सार्कको अध्यक्ष राष्ट्रसमेत रहेको नेपालले कुनै स्पष्ट धारणा सार्वजनिक गरेको छैन। सार्कको प्रस्तावनाअनुसार सबै सदस्य राष्ट्रहरुको सहमतिमा मात्रै निर्णय गर्न सकिने भएकाले सहमति नजुटेका कारण सार्क बैठक रद्द भएको बताइएको छ। 

अफगानिस्तानका मामिलामा पनि भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण कुनै ठोस निर्णय हुन सकेको छैन। सार्कको कान्छो सदस्य राष्ट्र अफगानिस्तानले सन् २००७ मा सार्कको सदस्यता प्राप्त गरेको थियो। 

सेप्टेम्बरमा १४ मा नेपालले सार्क सचिवालयमा सार्क राष्ट्रका विदेशमन्त्रीको साइडलाइन बैठक हुने जानकारी गराएको थियो। सेप्टेम्बर २५ मा सार्क सदस्य राष्ट्रका विदेशमन्त्रीहरुको साइड लाइन बैठक हुने तय भएको थियो।  सार्कको एक सदस्य राष्ट्रले उक्त बैठकमा सहभागि नजनाउने जानकारी गराएपछि बैठक रद्द गरिएको बताइए पनि यसबारे विस्तृत जानकारी दिइएको छैन।

प्रकाशित: Sep 22, 2021| 16:42 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...