शुक्रबार, भदौ ५, २०८३

नेविसंघका महामन्त्री बलदेव जो वडामै पराजित भए

नेपाली कांग्रेसको विद्यार्थी भ्रातृसंगठन नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिना वडा अधिवेशनमा पराजित भएका छन्।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं– नेपाली कांग्रेसको विद्यार्थी भ्रातृसंगठन नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिना वडा अधिवेशनमा पराजित भएका छन्।  सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–३ मा मंगलबार भएको निर्वाचनमा उनी पराजित भएका हुन्। उनी क्षेत्रीय प्रतिनिधिमा उठेका थिए।

तिमल्सिना पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिन्छन्। उनी सिटौलाकै सिफारिसमा महामन्त्रीमा नियुक्त भएका थिए। उनलाई कांग्रेस महाधिवेशनमा  जिल्ला सभापतिको प्रत्यासीका रूपमा लिइएको थियो।

यस्तै सिन्धुपाल्चोकका पूर्व जिल्लासभापति भूपेन्द्रबहादुर थापा पनि वडामै पराजित भएका छन्। थापा संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार पनि थिए।

महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गीता नेपाल पनि क्षेत्रीय प्रतिनिधि बन्न पाइनन्। सुनकोसी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल पनि वडामै पराजित भइन्।

प्रकाशित: Sep 22, 2021| 16:26 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...