सोमबार, वैशाख २८, २०८३

कंगना रनौतलाई ‘वाई’ लेभलको सुरक्षा

सञ्जय राउतसँगको जारी विवादका बीच बलिउड अभिनेतृ कंगना रनौतलाई भारतीय गृह मन्त्रालयले वाई लेभलको सुरक्षा उपलब्ध गराएको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं– सञ्जय राउतसँगको जारी विवादका बीच बलिउड अभिनेतृ कंगना रनौतलाई भारतीय गृह मन्त्रालयले वाई लेभलको सुरक्षा उपलब्ध गराएको छ।

National life

केही दिनयता र शिवसेनाका नेता राउत र कंगनाबीच वाक् युद्ध जारी छ। सञ्जयले कंगनालाई मुम्बई नआउन चेतावनी दिएका छन् भने त्यसलाई अस्वीकार गर्दै कंगनाले आफू मुम्बई आउने चुनौती दिएकी छिन्।

कंगनाको सुरक्षालाई मध्यनजर गरी उनको सुरक्षामा ११ जवान तैनाथ गरिएको केन्द्रीय गृह मन्त्रालयले जनाएको छ। यसमा दुई जना कमान्डोसमेत हुनेछन्।

यो सुरक्षा उनी मुम्बई पुगेसँगै उपलब्ध हुनेछ। कंगना ९ सेप्टेम्बरमा त्यहाँ पुग्ने बताइएको छ। अहिले उनी हिमाञ्चलमा छिन्।

केही महिनाअघि बलिउड अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेपछि कंगनाले त्यसमा प्रश्न उठाउँदै सुशान्तलाई आत्महत्या गर्न बाध्य पारिएको बताउँदै आएकी छन्। साथै उनले बलिउडभित्रको माफिया, नातावाद तथा लागूऔषध सेवन र ओसारपसारको विषयलाई छरपष्ट पारिदिएकी छन्।

यस्तो अभिव्यक्तिपछि उनी बलिउडकर्मीको त निशानामा परेकी छन् नै, केही राजनीतिक पार्टीका नेता पनि उनीविरुद्ध खनिएका छन्।

यसै क्रममा शिवसेना नेता सञ्जय राउतले मुम्बई नआउन चेतावनी दिएका हुन्।

–नवभारत टाइम्स

 

प्रकाशित: Sep 07, 2020| 12:05 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।